तितोपाटी-पूर्वयुवराज्ञी हिमानी शाह सोमबार बिहान छोराछोरीसहित पशुपति मन्दिर दर्शन गर्न पुगेकी छन्। आज साउनको पहिलो सोमबार पुजाअर्चना गर्न उनी छोरा हृदयन्द्र शाह र छोरी पूर्णिका शाहसहित पशुपति मन्दिर पुगेकी हुन्। बिहान सवा नौ बजे पशुपति पुगेकी हिमानीले झण्डै आधा घण्टा मन्दिरमा पुजाअर्चनामा बिताइन् ।
साउनको पहिलो सोमबार आज पशुपति मन्दिरसहित देशैभरीका शिव मन्दिरहरुमा महिलाहरुको घुइँचो लागेको छ। साउनको सोमबार व्रत बसे मनोकामना पूरा हुने धार्मिक मान्यता छ। महिला र युवतीहरुले साउनको सोमबार महादेवको पूजा आराधना गरी ब्रत बस्ने गर्दछन् ।