Sunday 11th October 2026

साउने साेमबारः हिमानी छोराछोरीसहित पशुपतिमा


तितोपाटी-पूर्वयुवराज्ञी हिमानी शाह सोमबार बिहान छोराछोरीसहित पशुपति मन्दिर दर्शन गर्न पुगेकी छन्। आज साउनको पहिलो सोमबार पुजाअर्चना गर्न उनी छोरा हृदयन्द्र शाह र छोरी पूर्णिका शाहसहित पशुपति मन्दिर पुगेकी हुन्। बिहान सवा नौ बजे पशुपति पुगेकी हिमानीले झण्डै आधा घण्टा मन्दिरमा पुजाअर्चनामा बिताइन् ।

साउनको पहिलो सोमबार आज पशुपति मन्दिरसहित देशैभरीका शिव मन्दिरहरुमा महिलाहरुको घुइँचो लागेको छ। साउनको सोमबार व्रत बसे मनोकामना पूरा हुने धार्मिक मान्यता छ। महिला र युवतीहरुले साउनको सोमबार महादेवको पूजा आराधना गरी ब्रत बस्ने गर्दछन् ।


सम्बन्धित शीर्षकहरु

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–६ स्थित उङ्गिलुङ खोलामा पहिरोले खोला थुनिएपछि आएको आकस्मिक बाढीले चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा ठूलो क्षति…

यहि अक्टोबर १२ देखि १८ सम्म थाइल्यान्डको बैंककमा अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF) र विश्व बैंकको वार्षिक बैठक हुँदैछ। बैठकमा विश्वभर…

नयाँदिल्ली। भारतको ककक्रोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजीत दिप्के, सहसंयोजक सौरव दास र आशुतोष रङ्का प्रहरी नियन्त्रणबाट रिहा भएका…

प्रतिकृयाहरू
...