Sunday 11th October 2026

मेलम्ची आयोजनाको पाइप सफा गर्ने क्रममा २ जना मजदुरको मृत्यु


तितोपाटी – काठमाडौंको बालाजुमा मेलम्ची खानेपानी आयोजनाको पाइप सफा गर्ने क्रममा दुई जना मजदुरको मृत्यु भएको छ । शुक्रबार बिहान ०९ः५० बजे काठमाडौँ महानगरपालिका–१६, बालाजु चोकस्थित मेलम्ची खानेपानीको पाइप सफा गर्ने क्रममा निसास्सिएर उनीहरुको ज्यान गएको हो।

मृत्यु हुनेमा सप्तरी कनकपट्टीका २५ वर्षीय सुरेश साह र २० वर्षीय शिवराम साह रहेका छन् । मृतकहरु सहोदर दाजुभाइ हुन्। । पाइपमा बेहोस भएका उनीहरुलाई उद्धार गरी महारागन्जस्तिथ शिक्षण अस्पताल लगिएको थियो । उपचारका क्रममा दुवैको मत्यु भएको प्रहरीले बताएको छ ।

पाइप सफा गर्न सडकमा रहेको मूख्य सुरुङबाट छिरेका उनीहरू त्यही अड्किएका थिए। धेरै बेर सम्म पनि बाहिर ननिस्किएपछि डोजर लगाएर खनेर दुवैलाइ निकालिएको हो।


सम्बन्धित शीर्षकहरु

अफ्रिकी देश जिबुटीको तट नजिक आप्रवासी बोकेको डुंगा डुब्दा कम्तीमा १३९ जनाको मृत्यु भएको छ भने ८४ जना अझै बेपत्ता…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीच ऊर्जा पूर्वाधारमा हुने आक्रमण रोक्ने विषयमा तत्काल लागू हुने “ऊर्जा युद्धविराम” भएको घोषणा…

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा भएको खेलमा नेपालले क्यानडालाई पराजित गरेको छ। नेपालले पहिले ब्याटिङ गर्दै ५० ओभरमा २३४…

प्रतिकृयाहरू
...