Wednesday 18th February 2026

नायिका प्रियंका अब लेखिका पनि


तितोपाटी – हलिउड टेलिभिजन सो ‘क्वान्टिको’को पछिल्लो श्रृंखलाबाट विवादमा तानिएकी बलिउड नायिका प्रियंका चोपडाले सन् २०१९ मा ‘अनफिनिस्ड’ नामक पुस्तक पाठकमाझ ल्याउने भएकी छन् । उनको यो पुस्तकमा हालसम्म नखुलाएका निजी कुरा सार्वजनिक गर्नेछन्।

समाचार अनुसार उनले आफ्नो सुरुवाती फिल्मी करियरदेखि अभिनयको शिखरमा पुग्दासम्मको यात्रालाई पुस्तकमा समेट्नेछिन् । अमेरिका र ब्रिटेनमा प्रकाशन हुने पुस्तक अमेरिकाको बैलेनटाइन बुक्सले बजारमा ल्याउनेछ । भारतमा पेन्गुइन रेन्डम हाउस प्रकाशक रहेको पुस्तकमा प्रियंकाका अभिनेत्री, निर्मात्री, सामाजिक कार्यकर्ता र युनिसेफको सद्भावना दूत हुँदाका अनुभव समेटिनेछन्।

बलिउडकी ‘देशी गर्ल’का रुपमा परिचित प्रियंका आफ्नो पुस्तकलाई लिएर निकै उत्साहित छिन् । ‘पुस्तक म जस्तै इमान्दार, रमाइलो, जोशिलो, बोल्ड र बिद्रोही हुनेछ । मैले आफ्नो भावनालाई कहिल्यै पनि खुलेर प्रस्तुत गर्न सकिनँ,’ प्रियंकाले भनेकी छन्, ‘तर अब म यो काम गर्न तयार भएको छु । यो पुस्तक महिलाका लागि प्रेरणाको स्रोत बन्नेछ । जीवनमा केही पनि कुरा मिल्दैन भन्ने सोच राख्ने महिलाका लागि मेरो पुस्तक प्रेरणाको स्रोत हुनेछ । मलाई जीवनमा सबै कुरा चाहिएको थियो । जुन कुरा अहिले मैले प्रमाणित गरिसकेको छु।’

केही समयअघि चर्चित स्तम्भकार भारती एस प्रधानले प्रियंकासँगको अन्तर्वार्तामा आधारित ‘दी डार्क हर्स’ पुस्तक लेखेकी थिइन् । यो पुस्तकमा पनि प्रियंकाका केही पर्दा पछाडिका कुरा बाहिरिएका थिए ।प्रियंकाले १८ वर्षको उमेरमा एक फिल्ममा अभिनेता बबी देओलको अपोजिटमा रहेर अभिनय गरेकी थिइन् । महेश मान्जरेकर निर्देशित यो फिल्ममा बबी प्रियंकाको नाकका कारण असहज महसुस गरिरहेका थिए । जसकारण बबीले फिल्मबाट हात झिकेपछि प्रियंकाले पनि यो फिल्म गुमाएकी थिइन् ।


सम्बन्धित शीर्षकहरु

शेर्पा समुदायले आज विभिन्न कार्यक्रम गरी ग्याल्पो ल्होसार पर्व मनाउँदै छन्। ल्हो अर्थात् वर्ष अनि छार अर्थात नयाँ भनिन्छन् ।…

Bhubaneswar को सुन्दरपाडा क्षेत्रमा जनवरी २७ साँझ भएको शक्तिशाली विस्फोटको सीसीटीभी फुटेज सार्वजनिक भएको छ। फुटेजमा विस्फोटको तीव्रता स्पष्ट देखिन्छ,…

दक्षिण एसियाको पूर्वी भू–भाग फेरि एकपटक रणनीतिक र आर्थिक बहसको केन्द्रमा आएको छ। हालै Muhammad Yunus ले आफ्नो सम्बोधनमा “नेपाल,…

प्रतिकृयाहरू
...