Tuesday 13th January 2026

खुमन र रमिलाको ‘पशुपतिमा’लोकप्रिय बन्दै, पर्‍यो नेपाल ट्रेण्डिङको १४औं नम्बरमा (भिडियो)


तितोपाटी- नेपाली नारीहरुको महान पर्व हरितालिका तीज आउन केही हप्ता बाँकी रहेका बेला सार्वजनिक गरिएका तीज गीतहरुले दर्शक र स्रोताको मन जितेका छन् । सो गीत युट्युबको नेपाल ट्रेण्डिङमा परेको छ । यो समाचार तयार पर्दासम्म युट्युबमा २ लाख ९४ हजार ८ सय ८५ पटक हेरिएको सो गीत नेपाल ट्रेण्डिङको १४ नम्बरमा परेको हो ।

तीज विस्तारै नजिकिदै गर्दा पछिल्लो समय कलाकार सर्जक हरुलाइ तिज विशेष गीत तयार गर्न भ्याइ नभ्याइ छ ।विशेष गरि तिजको अवसरमा नयाँ तथा पुराना कलाका ,सर्जक सबै संग सहकार्य गर्ने अन्य कलाकार भन्दा बढी खुमन अधिकारिको देखिन्छन । बर्षौ देखि सहकार्य गर्दै आएको सांगीतिक जोडि रमिला न्यौपाने र खुमन अधिकारीको आवाजमा यो गीत तयार भएको हो ।
यस गीतमा खुमन अधिकारीको लय बाबुराम बोहराको शब्द सिर्जना रहेको छ । प्रकाश भट्ट को निर्देशन ,राजेश घिमिरेको छायांकन र बिष्णु शर्माको सम्पादन मा तयार भएको पशुपतिमा को म्युजिक भिडियो मा नायिका सुरक्षा पन्त र खुमन आधिकारि स्वंयको अभिनय र नाच देख्न पाइन्छ ।


सम्बन्धित शीर्षकहरु

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

ईरानी राजा को वापसी को नारा तेहरान का सडकहरुमा गुन्जन थालेका छन । त्यहाँका राष्ट्रपति ले ईरानमा भईरहेको आन्दोलन सरकारको…

प्रतिकृयाहरू
...