Monday 12th October 2026

राष्ट्र बैंकको १०% व्याज दिने वैदेशिक रोजगार बचतपत्र


तितोपाटी – नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई लक्षित गर्दै १० प्रतिशत ब्याजदरको वैदेशिक रोजगार बचतपत्र निष्कासन गरेको छ ।
यो बैदेशिक रोजगार बचतपत्रको ब्याज प्रत्येक ६ महिनामा भुक्तान गर्ने राष्ट्र बैंकले जनाएको छ । साथै यो बचतपत्र ५ वर्षे हो । घटीमा पाँच हजार रुपैयाँ र बढीमा पाँच हजारले भाग गर्दा निःशेष भाग जाने गरीको रकम बचत गर्न सकिनेछ ।

२५ करोड रुपैयाँको यो बचतपत्र मुलुकबाहिर रोजगारीमा संलग्न वा मुलुकबाहिरको रोजगारीबाट फर्केको ४ महिना नपुगेका नेपाली नागरिक वा गैरआवासीय नेपालीले आफू वा आˆनो परिवारको सदस्यको नाममा खरिद गर्न सक्छन् ।

असार १ गतेदेखि खुला भएको यो बचतपत्र असार २१ गतेसम्म खरिद गर्न सकिनेछ ।

यस्तो बचतपत्रको ब्याज आफूलाई पायक पर्ने वाणिज्य बैंकहरु, बजार निर्माताको इजाजतपत्र लिएका बैंक तथा वित्तीय संस्थाहरु र काठमाडौं उपत्यकाबाहिरका नेपाल राष्ट्र बैंकका कार्यालयहरुबाट प्राप्त गर्न सकिनेछ ।

विगतमा निष्काशन भएका वैदेशिक रोजगार बचतपत्रमा बिदेशमा रहेका नेपालीको त्यती आकर्षण थिएन । नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलका अनुसार यसपाली भने राष्ट्र बैंकले यसबारेमा विभिन्न प्रचारप्रसारका कार्यक्रम गरेर मात्रै जारी गरेको बताउँछन् ।

‘विगतमा निष्काशन भएका वैदेशिक रोजगार बचतपत्रमा त्यती आकर्षण भेटिएको थिएन, यसपाली प्रचारप्रसार गरेर निकालिएको हुनाले बिक्री हुनेछ भन्ने हाम्रो अपेक्षा छ,’ उनले भने ।

के-के चाहिन्छ खरिद गर्न ?

यो बचतपत्र खरिद गर्नका लागि राहदानी, कार्यरत मुलुकको भिसा कार्यरत कम्पनीको आधिकारिक परिचयपत्र को प्रतिलिपि र २ प्रति पासपोर्ट साइजको फोटो चाहिन्छ ।
साथै विदेशी मुद्रा नेपालमा भित्रिएको प्रमाण स्वरुप विदेशी मुद्रा सटही रसिद वा नेपालमा विदेशी मुद्रामा खाता रहेको भए सो खाताबाट विदेशी मुद्रा सटही गरेको भौचर पनि पेश गर्नुपर्छ ।

परिवारका सदस्यको नाममा खरिद गर्ने भए सदस्यको नागरिकताको प्रतिलिपी र नाता प्रमाणित कागजात चाहीन्छ । त्यसैगरी नावालकको नाममा संरक्षक भई खरिद गर्ने भएमा नावालकको जन्मदर्ता प्रमाणपत्र, प्रमाणित कागजात आवश्यक पर्छ ।


सम्बन्धित शीर्षकहरु

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ। मतगणनाको अन्तिम परिणामअनुसार उपसभापति खुलातर्फ डा. चन्द्रकान्त भण्डारी…

१२ अक्टोबर २०२६ | अन्तर्राष्ट्रिय समाचार , साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार भएको भनिएको हुथी आक्रमणमा…

बुढीगण्डकी बाढी प्रभावितको उद्धारमा तीनै सुरक्षा निकाय परिचालन, चार हेलिकोप्टर तयारी अवस्थामा गोरखा जिल्लाको बुढीगण्डकी नदीमा आएको बाढीमा परेका व्यक्तिहरूको…

प्रतिकृयाहरू
...