Sunday 11th October 2026

ओखलढुंगामा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, १९ जना घाइते


तितोपाटी – ओखलढुङ्गाको मानेभज्याङ गाउँपालिका ६ डढुवामा बस दुर्घटना हुँदा तीन जनाको घटना स्थलमै मृत्यु भएको छ । अन्य १९ जना घाइते भएका छन् ।  घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर छ । काँकडभिट्टाबाट सोलुखुम्बु तर्फ आउँदै गरेको मे १ ख १८९१ नम्बरको बस सडकबाट ५० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनाका गम्भीर घाइते तिन जनालाई हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ । भने अन्यको उदयपुरको घुर्मी स्थित आस्था र जनसेवा मेडिकलहलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

घटनास्थलमा ओखलढुङ्गा प्रहरी प्रमुख र सहायक प्रमुख दुबै जना पुगेका छन् ।
घटनाको थप विवरण आउन बाकिँ छ ।


सम्बन्धित शीर्षकहरु

लगातारको वर्षापछि आएको भीषण बाढीले बूढीगण्डकी क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। बाढीका कारण दुईवटा मोटरेबल पुल र चारवटा झोलुङ्गे पुल…

युक्रेनको दक्षिणी सहर जापोरिझ्झिया (Zaporizhzhia) मा रूसले शनिबार पाँचवटा ग्लाइड बम प्रहार गर्दा कम्तीमा २० जनाको मृत्यु भएको छ। मृतकमध्ये…

सुडानको ब्लु नाइल (Blue Nile) क्षेत्रमा भएको ड्रोन आक्रमणमा कम्तीमा ४१ जनाको मृत्यु भएको छ। मानवअधिकार समूह इमर्जेन्सी लयर्स (Emergency…

प्रतिकृयाहरू
...