Monday 11th August 2025

ओखलढुंगामा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, १९ जना घाइते


तितोपाटी – ओखलढुङ्गाको मानेभज्याङ गाउँपालिका ६ डढुवामा बस दुर्घटना हुँदा तीन जनाको घटना स्थलमै मृत्यु भएको छ । अन्य १९ जना घाइते भएका छन् ।  घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर छ । काँकडभिट्टाबाट सोलुखुम्बु तर्फ आउँदै गरेको मे १ ख १८९१ नम्बरको बस सडकबाट ५० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनाका गम्भीर घाइते तिन जनालाई हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ । भने अन्यको उदयपुरको घुर्मी स्थित आस्था र जनसेवा मेडिकलहलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

घटनास्थलमा ओखलढुङ्गा प्रहरी प्रमुख र सहायक प्रमुख दुबै जना पुगेका छन् ।
घटनाको थप विवरण आउन बाकिँ छ ।


सम्बन्धित शीर्षकहरु

गुलाम नवी मन्सुर/ कुवेत- अनुमानित एक लाख पचपन्न हजार नेपालीहरू आज कुवेतमा परिश्रमरत छन् । स्वदेशको माटो छाडेर, सपनाहरू काँधमा…

प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले विदेशी मिडियालाई बताएअनुसार इजरायलले गाजा शहर कब्जा गर्ने हालै स्वीकृत सैन्य योजनाको एक भागको रूपमा गाजा कब्जा…

यहाँ छुट छ हजुर । यहाँ बाघलाई घाँस खान खरायो लाई मासु लतार्न ब्याँसोलाई बितन्डा मच्चाउन हिसाबलाई दाल गलाउन छुट…

प्रतिकृयाहरू
...