Monday 26th October 2026

महिला सशक्तिकरणको लागि हस्तमैथुन !


तितोपाटी – सुन्दा अचम्म लाग्छ तर बलिउड फिल्म ‘वीरे दि वेडिङ’ को हस्तमैथुन दृष्यबाट नायिका स्वरा भास्कर तीव्र विवादमा अाएर सामाजिक सञ्जालमा निकै ट्रोल गरिए पछि अहिले उनले यो दृष्यका बारेमा बिस्तारमा कुरा गर्दै ‘महिला सशक्तिकरणका लागि हस्तमैथुन’ को दृष्य राखिएको बताएकी छन् ।

एक अन्तरवार्तामा उनले बताए अनुसार यो सिन बैंककमा सुटिङ भएको थियो । सुटिङ अगाडि उनी निकै नर्भस थिइन् । उनले निर्देशकलाई यो सिन सकभर भल्गर नबनाउन आग्रह गरेकी थिइन् । निर्देशकले पनि यो सिनलाई फन्नी स्टाइलमा देखाइने विश्वास दिलाएका थिए ।

यो सिन गरेपछि आफूलाई लाज लागेको स्वराले बताएकी छन् । सुटिङ गर्दा फिल्मकी निर्मात्री रिया कपुर उपस्थित थिइनन् । स्वराले उनलाई म्यासेज गरेर राम्ररी सुटिङ गरेको जानकारी गराएकी थिइन् ।

‘वीरे दि वेडिङ’ व्यवसायिक रुपमा सफल भयो । तर, फिल्मको आलोचना पनि खुबै भयो । आफूले दिएको हस्तमैथुन सिनको बचाउ गर्दै स्वराले यसलाई महिला शशक्तिकरणसँग जोडेकी छन् ।

‘हाम्रो समाजका महिलाहरु यौनजन्य कुरामा अझै पनि कुन्ठित छन्, त्यसैले उनीहरुलाई शशक्तिकरण गर्न यो दृष्य समावेश गरेका हौं,’ उनले भनिन् ।


सम्बन्धित शीर्षकहरु

इरानी सेनाले दक्षिणी बन्दरगाह सहर बन्दर अब्बासको आकाशमा अमेरिकी ‘लुकास’ (LUCAS) ड्रोन खसालेको दाबी गरेको छ। इरानी सरकारी समाचार एजेन्सीहरू…

यमनी हुथी विद्रोहीहरूको आक्रमणका कारण बन्द भएको साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थल दुई हप्तापछि पुनः सञ्चालनमा आएको…

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का अनुसार सन् २०२६ मा बंगलादेशको प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन (प्रति व्यक्ति जीडीपी) भारतभन्दा माथि पुग्ने…

प्रतिकृयाहरू
...