Wednesday 13th August 2025

दुई दिनदेखि हराइरहेका १२ वर्षिय सबिन आज बिहान मृतक अवस्थामा फेला आमा बेहोस


तितोपाटी – बाराको निजगढमा फेरी अर्को दुखद घटना घटेको छ । जिल्लाको निजगढ नगरपालिकामा दुई दिनदेखि बेपत्ता भएका एक बालकको शव फेला परेको छ । गत शनिबार निजगढबाटै सम्पर्क विहीन भएका १२ वर्षिय बालक सोमवार बिहान मृ*त अवस्थामा फेला परेका हुन् । निजगढ नगरपालिका वडा नं.१२ कुलिया घर भई हाल वडा नं.८ खयरघारीमा डेरा गरि बस्दै आएका शंकर घिमिरेका छोरा सविन घिमिरे शनिवार दिउँसो करिब २ः३० बजेबाट सम्पर्क बिहीन थिए ।

साईकल लिएर घरबाट बाहिर निस्केका उनी सम्पर्कमा नआएपछी परिवारले प्रहरीलाई खबर गरेको थियो । उनै बालकको श*व घरबाट करिब आठ सय मिटर पर रहेको बकैया खोलामा फेला परेको ईलाका प्रहरी कार्यालय निजगढले जनाएको छ


सम्बन्धित शीर्षकहरु

सिन्धु सन्धिको बारेमा, असीम मुनिरले भने कि पाकिस्तानले भारतले बाँध निर्माण गर्न पर्खनेछ र जब यसले बनाउँछ, "हामी यसलाई १०…

गुलाम नवी मन्सुर/ कुवेत- अनुमानित एक लाख पचपन्न हजार नेपालीहरू आज कुवेतमा परिश्रमरत छन् । स्वदेशको माटो छाडेर, सपनाहरू काँधमा…

प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले विदेशी मिडियालाई बताएअनुसार इजरायलले गाजा शहर कब्जा गर्ने हालै स्वीकृत सैन्य योजनाको एक भागको रूपमा गाजा कब्जा…

प्रतिकृयाहरू
...