Tuesday 14th October 2025

काठमाडौंको सिनामंगलमा मंगलबार बिहानै दुर्घटना, १६ जना घाइते


तितोपाटी – काठमाडौंको सिनामंगलस्थित सूचना विभागको कार्यालय अगाडि दुई वटा माइक्रोबस एक आपसमा ठोक्किएर दुर्घटना भएका छन ।

दुर्घटनामा परेर दुई वटै माइक्रो बसमा सवार १६ जना घाइते भएका छन् ।मंगलबार बिहान ७ बजे गौशालाबाट सिनामंगल जाँदै गरेको बा ४ ख ५१०० नम्बरको हायस र सिनामंगलबाट गौशाला जाँदै गरेको बा १ झ ९७७६ नम्बरको माइक्रो एकापसमा जुध्दा दुर्घटना भएको महानगरीय प्रहरी परिसरका प्रवक्ता एवं डिएसपी होविन्द्र बोगटीले जानकारी दिए ।

घाइते हुनेहरूमा १३ जना पुरुष र ३ जना महिला रहेका छन् । घाइतेमध्ये सशस्त्र प्रहरीका हवल्दार भरत खत्रीको टाउको चोट लागेर गम्भीर घाइते भएका छन् ।माइक्रोबस चालक हिमाल काफ्लेको अवस्था पनि चिन्ताजनक रहेको छ । घाइतेहरूको काठमाडौं मेडिकल कलेज (केएमसी)मा उपचार भइरहेको छ ।


सम्बन्धित शीर्षकहरु

अन्तिम ओभरमा दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्सको…

हमास र इजरायलबिचको युद्धविराम योजनाको पहिलो चरणअन्तर्गत सोमबार बन्धक रिहा गरिने भएको छ । यसै क्रममा गाजामा हमासको नियन्त्रणमा रहेका…

राजेन्द्र गोपाल सिंह - पुष्कर राज रेग्मी म पढेको स्कुल प.प.न.मा.वि. तानसेनमा पढेका हुन् । हाम्रो बसोबास पनि एउटै भगवती…

प्रतिकृयाहरू
...