Saturday 20th June 2026

काठमाडौंको सिनामंगलमा मंगलबार बिहानै दुर्घटना, १६ जना घाइते


तितोपाटी – काठमाडौंको सिनामंगलस्थित सूचना विभागको कार्यालय अगाडि दुई वटा माइक्रोबस एक आपसमा ठोक्किएर दुर्घटना भएका छन ।

दुर्घटनामा परेर दुई वटै माइक्रो बसमा सवार १६ जना घाइते भएका छन् ।मंगलबार बिहान ७ बजे गौशालाबाट सिनामंगल जाँदै गरेको बा ४ ख ५१०० नम्बरको हायस र सिनामंगलबाट गौशाला जाँदै गरेको बा १ झ ९७७६ नम्बरको माइक्रो एकापसमा जुध्दा दुर्घटना भएको महानगरीय प्रहरी परिसरका प्रवक्ता एवं डिएसपी होविन्द्र बोगटीले जानकारी दिए ।

घाइते हुनेहरूमा १३ जना पुरुष र ३ जना महिला रहेका छन् । घाइतेमध्ये सशस्त्र प्रहरीका हवल्दार भरत खत्रीको टाउको चोट लागेर गम्भीर घाइते भएका छन् ।माइक्रोबस चालक हिमाल काफ्लेको अवस्था पनि चिन्ताजनक रहेको छ । घाइतेहरूको काठमाडौं मेडिकल कलेज (केएमसी)मा उपचार भइरहेको छ ।


सम्बन्धित शीर्षकहरु

इरानले दिवंगत सर्वोच्च नेता Ayatollah Ali Khamenei को अन्त्येष्टि कार्यक्रम जुलाइ ४ देखि ९ सम्म सञ्चालन हुने घोषणा गरेको छ।…

युक्रेनले बिहीबार बिहान मस्कोको कपोत्न्या क्षेत्रमा रहेको प्रमुख तेल प्रशोधन केन्द्रमा फेरि ड्रोन आक्रमण गरेको छ, जुन एक साताभित्र दोस्रो…

अमेरिका र इरानबीच शान्ति सम्झौताका लागि प्रारम्भिक समझ्दारी पत्रमा हस्ताक्षर भएको छ, जसले तुरुन्तै युद्ध रोक्ने, हर्मुज जलडमरूमध्य पुनः खोल्ने…

प्रतिकृयाहरू
...