Sunday 19th May 2024

भक्तपुरमा ६० वर्षीया वृद्ध महिलाको घाँटी रेटेर हत्या


तितोपाटी – भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रको पछाडि आज १५ असारको दिन दिउँसो एक बृद्ध महिलाको घाँटी रेटेर हत्या गरिएको छ। छोरी ज्वाइँको घरमा बस्दै आएकी ६० वर्षीया सावित्री भट्टराईको घाँटी रेटेर हत्या भएको भक्तपुर महानगरीय प्रहरी परिसरका प्रमुख एवं प्रहरी उपरीक्षक सवीन प्रधानले जानकारी दिए।

ज्वाइँ सोनाम थापा मगरको नयाँ बनेको डेढ तले घरमा बस्दै आएकी भट्टराईको हत्या भएको हो। प्रहरी उपरीक्षक प्रधानले प्रारम्भिक अनुसन्धानमा घरमा कोही नभएको अवस्थामा बिहान करीब १०ः३० बजेपछि मोटरसाइकलमा आएका तीन युवा घरभित्र पसेर हत्या गरेको देखिन्छ उनले भने।

प्रहरीले घटनाको दिउँसो १ बजे मात्रै जानकारी पाएपछि प्रहरी परिसर भक्तपुर, अपराध अनुसन्धान महाशाखाको टोलीले घटनास्थलको अनुसन्धान गर्दै मुचुल्का उठाउने काम गरेको उनले जानकारी दिए। कोठाभित्रै गएर हत्या भएको जानकारी दिँदै उनले हत्यामा संलग्नको खोजी भइरहेकोे बताए।

-रासस


सम्बन्धित शीर्षकहरु

प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस एवं जयन्ती आज सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना…

रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसनद्वारा काठमाडौंमा आयोजित ‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४, सिजन ६’ को उपाधि झापाकी…

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत…

प्रतिकृयाहरू
...