Sunday 11th October 2026

संखुवासभामा पहिरोमा थुनिएका ५१ जनाको सेनाको हेलिकोप्टरमार्फत उद्दार


तितोपाटी – सङ्खुवासभाको मकालु गाउँपालिका–५ को पेपुवामा एक सातादेखि पहिरोमा थुनिएका ५१ जनालाई नागरिकलाइ हेलिकोप्टरद्वारा सुरक्षित स्थानमा सारिएको छ । नेपाली सेनाको एमआई १७ हेलिकोप्टरले उनीहरुलाई पेपुवाबाट गाउँपालिकाको केन्द्रमा सारेको हो ।

अविरल वर्षा सँगै पहिरो खसेपछि मकालु – ५ का बासिन्दालाइ जनप्रतिनीधि र प्रहरी प्रशासनले समन्वय गर्दै सहयोग गरिरहेका छन् । पहिरोले अरूण तेश्रो जलविद्युत आयोजनालाइ पनि प्रभाव पारेको छ । मानिस बसोबास गर्दै गरेको घर पुर्नुको साथै अरुण तेस्रो आयोजनासहितका स्थानमा क्षति पुर्याएको

पहिरोले विस्थापित भएका ३७ परिवारलाई गाउँपालिकाको सहयोगमा राहत पनि वितरण गरिएको छ । सांसद राजेन्द्र गौतम, जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यलगायतले पेपुवा पुगेर विस्थापितलाई आज राहत सामग्री वितरण गरेका थिए । पूर्ण विस्थापितमध्ये ५१ जनालाई नुममा ल्याइएको सांसद गौतमले बताए ।


सम्बन्धित शीर्षकहरु

एकता सेवा सहयोगी समूह (नेपाल) ले उपचाररत बालिका सपना विश्वकर्माको स्वास्थ्य उपचारका लागि रु. ६३ हजार ५८१ आर्थिक सहयोग प्रदान…

कुवेतस्थित जन-जागृति युवा समाजले कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका वडा नं. ४, लाहाचोक निवासी अलिभन सुनारको उपचारार्थ ५१ कुवेती दिनार (नेपाली…

संखुवासभा समाज कुवेतले यस वर्षको दशैं–तिहार तथा वार्षिकोत्सव कार्यक्रम नगर्ने निर्णय गर्दै त्यसका लागि छुट्याइएको रकम क्यान्सर पीडितलाई सहयोग गरेको…

प्रतिकृयाहरू
...