Tuesday 4th August 2026

रूपन्देहीमा बसले मोटरसाइकललाइ ठक्कर दिंदा २ को मृत्यु, शव जलेकोले सनाखतमा कठिनाइ


तितोपाटी – रुपन्देहीको सैनामैनामा भएको सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सैनामैना नगरपालिका–६, कलोनीमा गएराति बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको हो ।

महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको ना ७ ख ५९४८ नम्बरको बसले लु ८ प ८४७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएपछि मोटरसाइकलमा आगो लागेको र जलेर दुई जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।

कागजपत्र जलेर नष्ट भएकाले मृतकको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । शव लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा राखिएको छ । घटनाबारे अनुसन्धान गर्न सालझण्डी प्रहरीले बस र यसका चालकलाई नियन्त्रणमा लिएको छ ।


सम्बन्धित शीर्षकहरु

बुर्किना फासोका अन्तरिम नेता इब्राहिम त्राओरे पछिल्लो समय अफ्रिकाका सबैभन्दा चर्चित राजनीतिक व्यक्तित्वमध्ये एक बनेका छन्। सैन्य विद्रोहमार्फत सत्तामा आएका…

इजरायलले आफ्नै प्रविधिमा आधारित एउटा अत्याधुनिक मानवरहित स्टेल्थ लडाकु विमान (Unmanned Stealth Combat Aircraft) विकास गरिरहेको बताइएको छ। यो परियोजनाको…

नेपालका धेरै गाउँघरमा पुस्तौँदेखि उत्पादन हुँदै आएको रुखकटहर (कटहर) अहिले किसानका लागि आम्दानीको स्रोत बन्नुको सट्टा घाटाको कारण बन्दै गएको…

प्रतिकृयाहरू
...