Sunday 26th May 2024

जनकपुरमा करोडाैंको क्षति हुने गरि आगलागी


तितोपाटी – जनकपुर उपमहानगरपालिका–२ मा बिहीबार बिहानआगलागी भएको छ। स्थानीय गोविन्द मिष्ठान्न भण्डारबाट सुरु भएको आगलागी अन्य दुई पसलमा पनि फैलिएर क्षति पुर्याएको छ। प्रहरीका अनुसार राति करिब ३ बजेको आसपास आगलागी भएपछि पसलमा राखिएका ८ वटा सिलिण्डर विष्फोट भएकाे छ । ग्यास सिलिण्डर पड्किँदा आगोले ठूलो रुप लिएको हो ।

जसका कारण सँगै रहेको सियाराम मिष्ठान्न भण्डारमा पनि क्षति पर्याएको हो। प्रारम्भिक अनुसन्धानले तार सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय, धनुषाका एसपी शेखर खनालले बताए। उनका अनुसार उपमहानगरपालिकाका दुई वटा र महेन्द्रनगरको  एउटा दमकलको सहयोगमा  बिहान करिब ५ बजे आगो नियन्त्रणमा  आएको हो। घटनामा मानवीय क्षति भएको छैन ।

आगलागी भएको थाहा पाउनासाथ कामदारले प्रहरीलाई खबर गरेका थिए।नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास गरिएको थियो।  क्षतिको पूर्ण विवरण आएको छैन। स्थानीय राम यादवका अनुसार आगलागीले झन्डै एक करोडको क्षति भएको छ। आगलागीको घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

इण्डियन प्रिमियर लिग (आइपिएल) को यस सिजनको आज फाइनल खेल हुँदैछ । यस सिजनको फाइनलमा उपाधिका लागि कोलकोता नाइट राइडर्स…

म्यानचेस्टर युनाइटेडले एफए कपको उपाधि जितेको छ । शनिबार भएको फाइनल खेलमा म्यानचेस्टर युनाइटेडले प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीलाई २-१…

कुबेत “भाषा अनि संस्कृतिमा बिभिधता विकाश निर्माणमा हाम्रो ऐक्यबद्धता” भन्ने मूल नाराका साथ कुवेतमा स्थापित संस्था खोटाङ-कुवेत सम्पर्क मञ्चको आफनो…

प्रतिकृयाहरू
...