Tuesday 8th September 2026

चीनमा ६ म्याग्निच्युटको भूकम्प, कम्तीमा १२ जनाको मृत्यु


तितोपाटी – चीनको दक्षिण पश्चिमी प्रान्त सिचुवानमा हिँजो मंगलबार शक्तिशाली भूकम्प जाँदा १२ जनाको मृत्यु भएको छ । अधिकारीका अनुसार भूकम्पका कारण सयाैंको संख्यामा घाइते छन् । चिनियाँ सञ्चारमाध्यका अनुसार प्रान्तीय राजधानी छेङुबाट दक्षिण पूर्वमा पर्ने यिविनमा ६ म्याग्निच्युडको भूकम्प गएको हो । सोमबार अबेरको भूकम्पलगत्तै कैयौं पराकम्पहरू गएका बीबीसीले उल्लेख गरेको छ ।

टेलिभिजनमा प्रसारित दृश्यहरूमा सुरक्षाकर्मीहरूले भूकम्पका कारण भत्केका भवनका पुरिएकाहरूको उद्धार गरिरहेका देखिन्छन् । भूकम्पपछि घरहरू भत्केपछि कम्तीमा ४ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको चिनियाँ सरकारी सञ्चारमाध्यमले उल्लेख गरेका छन् । चिनियाँ सेन्ट्रल टेलिभिजनले भूकम्पपछि कपितय स्थानमा पहिलो गएको र सडकहरू अवरुद्ध भएका दृश्यहरू प्रसारण गरेका छन् । समाचार संस्था सिन्हवाका अनुसार यिविन र छुयोङबीचको मुख्य राजमार्गसहित कम्तीमा कैयौं सडक अवरुद्ध छन् ।

छेङुबाट करिब ३ सय किलोमिटर टाढा भूकम्प जानुअघि एक मिनेट चेतावनीमूलक साइरन बजेको सिन्हवाले जनाएको छ । भूकम्प प्रभावित क्षेत्रमा उद्धार तथा राहत वितरणका लागि करिब ५ हजार सुरक्षाकर्मी परिचानलन गरिएको जनाइएको छ । चीनको सिचुवानमा पटकपटक भूकम्प जाने गरेको छ । सन् २००८ मा छेङुको उत्तर पश्चिम क्षेत्रमा गएको ७.९ म्याग्निच्युडको भूकम्पका कारण ८७ हजारभन्दा बढी मानिसको ज्यान गएको थियो । सन् २०१७ मा छेङुको उत्तरी क्षेत्रमा गएको भूकम्पमा परी २० जनाको मृत्यु भएको थियो ।


सम्बन्धित शीर्षकहरु

नयाँ सर्वेक्षणले इजरायलमा पश्चिम किनाराबाट हमासको ७ अक्टोबर २०२३ को आक्रमणजस्तै ठूलो हमला हुन सक्ने विषयमा व्यापक सुरक्षा चिन्ता रहेको…

यमनमा अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकारप्रति वफादार सेनाले हुथी विद्रोहीविरुद्ध ठूलो प्रत्याक्रमण सुरु गर्दै राजधानी सानाआ पुनः कब्जा गर्ने लक्ष्य…

एक वर्षअघि सडकमा उत्रिएका १९ जना नवयुवाले ज्यान गुमाएको घटनाको वार्षिकीमा नयाँ सरकारको एक वर्षे कार्यकालबारे विभिन्न कोणबाट मूल्याङ्कन हुन…

प्रतिकृयाहरू
...