Monday 27th July 2026

निराश हुन्छौ र किन ? – सृजना पाण्डे(सिरु)


मन भित्र डुल्छ अनेकौं चाहना।
फेरि टाढा हुन्छ बनाई बाहना।
कोहीमा हुन्छ साहित्य हस्ति
कोही गर्छन् यहाँ मोज र मस्ति ।।
छ,आफ्नै परम्परा,छ अाफ्नै संस्कार,
आयौँ सबै हामी गरि निम्तो स्विकार ।।
घुमेर नाच न बजाएर ताली,
निराश हुन्छौ र किन पिर सम्झी खाली।१।

परदेशको ठाउँमा सधै भन्छौ काम,
कति भागी रहन्छौ र लिइ दाम नाम ।।
गयो आधा उमेर परदेशमै जवानी,
सबको हो यहाँ यो उस्तै कहानी ।।
आज छ जिवन भोलि कहाँ होला,
देखाउनु छ हामी खुलेर कला ।।
घुमेर नाच न बजाएर ताली,
निराश हुन्छौ र किन पीर सम्झी खाली।२।

जिन्दगी हो एउटा बगिजाने खोला,
आउदैन फर्केर मानिसको चोला ।।
आयो खाली हात ,जाने खालि हात,
यो अस्थीसँग खै ,को जान्छर साथ।
भरिदैन कहिले यो लोभी मन,
विलासी नजर माग्दछन् झन ।।
घुमेर नाच बजाएर ताली,
निरास हुन्छौ र किन,पीर सम्झी खाली ।३।

चल्दै छ यो मुटु जानी नजानी
बुझेन हो सायद हुनु छ खरानी ।।
आऊ हातेमालो गरी सब नेपाली,
अघि बढौं सब यो झण्डा उचाली ।।
घुमेर नाच बजाएर ताली,
निरास हुन्छौ र किन पीर सम्झी खाली ।४।

सृजना पाण्डे(सिरु)
रत्ननगर नगरपालिका~१
सौराहा चोक टाडी~चितवन
हाल~कुवेत


सम्बन्धित शीर्षकहरु

वैदेशिक रोजगार व्यवसायीहरूले आफ्ना माग १५ दिनभित्र सम्बोधन नगरे वैदेशिक रोजगारीमा श्रमिक पठाउने प्रक्रिया रोक्ने चेतावनी दिएका छन्। उनीहरूले ५९८…

एआईको बढ्दो प्रयोगसँगै विश्वभर डाटा सेन्टर निर्माणको विरोध बढ्दै गएको छ। एक अध्ययनअनुसार मानिसहरू एआईका अन्य जोखिमभन्दा यसको वातावरणीय प्रभाव—जस्तै…

सर्वोच्च अदालतले न्यायिक सेवामा नागरिकको पहुँच सहज बनाउन सोमबारदेखि इजलासबाट जारी हुने आदेशहरू सोही दिन विद्युतीय प्रणालीमा अपलोड गर्ने व्यवस्था…

प्रतिकृयाहरू
...