Sunday 11th October 2026

ललितपुरमा १३ वर्षीया किशोरी आफ्नै सानोबुबाबाट पटक पटक बलात्कृत


तितोपाटी – ललितपुरमा १३ वर्षीया किशोरी अाफ्नै सानोबुबाबाट पटक पटक बलात्कृत भएकी छन् । ललितपुरको गोदावरी नगरपालिकाको एक विद्यालयको संरक्षणमा रहेकी ती किशोरी आफ्नै सानोबुबाबाट बारम्बार बलात्कृत भएको रहस्य खुलेको छ। पीडितले आफ्नी साथीलाइ घटना बारे बताउँदा सो कुरा विद्यालयको शिक्षकसम्म पुगेपछि शिक्षकले सोधपुछ गर्दा सो रहस्य खुलेको हो ।

गत शनिबार पनि सानोबुबाले गोदावरीको एक होटलमा अप्राकृतिक मैथुन गर्न लगाएपछि सानोबुबाको कर्तुत बाहिर आएको हो। काठमाडौं बाहिर घर भएकी किशोरी विद्यालयको होस्टलमा बस्दै आएकी थिइन्। उनका अभिभावक उपत्यका बाहिरै रहेको जानकारी प्रहरीले दिएको छ। त्यसैले उनका सानोबाबुले किशोरीको जिम्मा लिएर बेलाबेलामा घुमफिर गराउन लैजाने गरेको विद्यालयले जानकारी दिएको प्रहरीले जनाएको छ।

गत शनिबारको घटना उनले आफ्नी साथीलाई बताएकी थिइन्। शिक्षकलाई पनि सानोबुबाको क्रियाकलापमा शंका लागेपछि बालिकासँग सोधपुछ गर्दा गोदावरीस्थित न्यु हिमालयन रेष्टुरेन्ट एण्ड गेष्ट हाउसमा लगेर मिठाइलगायत अन्य खानेकुरा खुवाई अप्राकृतिक मैथुन गर्न लगाएको बालिकाले बताएकी थिइन्। प्रहरीको सोधपुछको क्रममा पनि ति किशोरीले गत दसैं र चैत्र महिनामा पनि विभिन्न प्रलोभन देखाएर सानोबुबाले जबरजस्ती बलात्कार गरेको बताएकी छन्।

कसुरदार उनका सानीआमाका श्रीमान हुन्। उनी विभिन्न स्थान परिवर्तन गरेर लुक्दै आएका थिए। उनलाई प्रविधिको सहयोगमार्फत् घेराबन्दी गरेर जेठ ३० गते गोदावारीको किटिनी भन्ने ठाउँबाट पक्राउ गरिएको मिश्रले जानकारी दिए। पक्राउ गरेपछि उनले आरोप स्वीकार गरेका छन्। सात दिन म्याद थप गरी जबरजस्ती करणी अन्तर्गतको मुद्दामा अभियुक्तमाथि अनुसन्धान सुरु भएको गौतमले बताए।

-अन्नपुर्णपोष्टबाट


सम्बन्धित शीर्षकहरु

इरान युद्धको नयाँ मोर्चा: रियाद विमानस्थलमा आक्रमण, १२ जनाको मृत्यु; हुथीविरुद्ध युद्धमा उत्रिने अमेरिकाको सङ्केत साउदी अरबको राजधानी रियादस्थित किङ…

एकता सेवा सहयोगी समूह (नेपाल) ले उपचाररत बालिका सपना विश्वकर्माको स्वास्थ्य उपचारका लागि रु. ६३ हजार ५८१ आर्थिक सहयोग प्रदान…

कुवेतस्थित जन-जागृति युवा समाजले कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका वडा नं. ४, लाहाचोक निवासी अलिभन सुनारको उपचारार्थ ५१ कुवेती दिनार (नेपाली…

प्रतिकृयाहरू
...