Tuesday 21st October 2025

नेपालमा सार्वजनिक सवारीको भाडा बढेको एक वर्ष पनि नबित्दै सार्वजनिक यातायातमा पुनः भाडा वृद्धि


तितोपाटी – यातायात ब्यवस्था विभागले गत वर्ष बढाएको सार्वजनिक यातायातको भाडा बढोत्तरी गरेको एक वर्ष पनि नुहुँदै पुनः भाडा बढाएको  छ । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा  आगामी असार १ गतेदेखि लागु हुनेगरी सार्वजनिक यातायातका साधनमा १२ प्रतिशतसम्म भाडा बढाइएको हो । यसअघि विभागले दशैंको पूर्वसन्ध्यामा सार्वजनिक यातायातमा १० प्रतिशतले भाडा वृद्धि गरेको थियो। गतवर्षको भाडा वुद्धिप्रति असन्तुष्ट बन्दै व्यवसायीहरुले लामो समयदेखि वैज्ञानिक भाडादर कायम गर्नुपर्ने माग गर्दै आएका थिए।

विभागले सवारी साधन र इन्धनमा भएको मूल्य वृद्धि तथा श्रमिकको ज्यालामा वृद्धि, सवारी पार्टपुर्जाको मूल्यमा वृद्धि लगायत बजारको महंगी (मूल्य वृद्धि)लाई मध्यनजर गर्दै यायायात व्यवसायी, उपभोक्ता अगुवा तथा सुरक्षा निकायसँग छलफल गरी वैज्ञानिक भाडादर कायम गरेको हो। भाडा वृद्धिका लागि प्राविधिक समितिले सिफारिस गरेकाे थियाे। अब सार्वजनिक सवारीको भाडा न्युनतम १६ रुपैयाँ पुगेको छ भने विभागले ४ किलोमिटरलाई आधार मानेर न्युनतम भाडा तोक्दै आएको छ। यसअघि ४ किमीको १४ रुपैयाँ भाडा थियो।

विभागले ट्याक्सीमा समेत वैज्ञानिक भाडादर कायम गरेको छ। जसअन्तर्गत असार १ गते नै लागु हुनेगरी ट्याक्सी भाडामा फ्ल्याक डाउन प्रणाली लागु गरिनेछ। यो प्रणाली लागु भएपछि ट्याक्सी व्यवसायी तथा उपभोक्ता दुबैलाई राहत हुने विभागले जनाएको छ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- जेन-जी आन्दोलनका क्रममा भदौ २४ गते तीनकुनेका प्रहरीमाथि आक्रमण गर्ने र प्रहरीको बर्दी खोल्न लगाउने गौतम घिसिङ नामका व्यक्ति…

तितोपाटी-जेनजी आन्दोलनका क्रममा कास्की कारागारबाट फरार अभियुक्त पक्राउ परेका छन् । पाल्पा स्थित माथागढी गाउँपालिका–३, का ४३ वर्षका केशव कुमाल…

लुलु हाइपरमार्केटले आफ्नो जीवन्त ‘लुलु वाली दिवाली २०२५’ उत्सव सफलतापूर्वक सुरु गरेको छ, जसले कुवेतभरि सबै लुलु आउटलेटहरूमा उज्यालो पर्वको…

प्रतिकृयाहरू
...