Tuesday 18th August 2026

चीनमा एक हप्ता देखिको अविरल वर्षाको कारण १७ जनाको मृत्यु


तितोपाटी – चीनको दक्षिण-पश्चिम क्षेत्रमा एक हप्तादेखिको अविरल वर्षाको कारण १७ जनाको मृत्यु भएको छ । गौन्छी झुङ स्वशासित क्षेत्रमा आएको अत्यधिक वर्षाका कारण उनीहरुको मृत्यु भएको आपत्कालीन विभागका अधिकारीहरुले बुधबार जनाएका छन् । निरन्तरको वर्षाका कारण सयौं घर र हजारौं हेक्टरमा लगाइएको बालीनालीसमेत नष्ट भएको अधिकारीहरुले बताएका छन्। अझै केही दिनसम्म पानी पर्ने क्रम जारी रहने अनुमान गरिएको छ।

झण्डै एक हप्तादेखि अविरल वर्षाका कारण ५ लाख ९० हजार मानिस प्रभावित भएको उनीहरुको भनाइ छ । प्राप्त पछिल्लो विवरणअनुसार ३० हजारभन्दा बढी स्थानीय बासिन्दा विस्थापित भएका छन् । उनीहरुलाई अन्य ठाउँमा अस्थायी बसोबासको व्यवस्था गरिएको छ । अत्यधिक वर्षाका कारण बाढी पनि आएको छ । बाढीले ३४ हजार ६ सय हेक्टर जमिनको बाली नष्ट गरिदिएको छ ।

अधिकारीहरुले दिएको जानकारी अनुसार अहिलेसम्म झण्डै एक हजार ७४७ घरमा वर्षा र बाढीले असर पारेको छ भने तीमध्ये ९६६ वटा घर नराम्रोसँग क्षति भएका छन् । भारी वर्षाका कारण आएको बाढीले नौवटा सहरलाई डुबाएपछि जियांग्सी प्रान्तमा मात्रै एक लाख ५० हजार मानिसलाई अन्यत्रै सारिएको छ। त्यसैगरी दक्षिण–पश्चिमी ग्वाङ्सी प्रान्तमा रहेका दुई लाखभन्दा बढी घरमा विद्युत् आपूर्ति बन्द भएको बुझिएको छ भने वर्षाले निम्त्याउन सक्ने सम्भावित पहिरोबाट सजग हुनसमेत सो क्षेत्रका स्थानीय प्रशासनले सर्वसाधारणलाई आग्रह गरेको छ। मुसलधारे वर्षाका कारण दक्षिणी चीनमा पहिरो गएका दृष्टान्त रहेकाले अधिकारीहरुले सजगता अपनाउन आग्रह गरेका हुन्।


सम्बन्धित शीर्षकहरु

फेसबुक र इन्स्टाग्रामको मातृकम्पनी मेटामाथि आफ्ना सामाजिक सञ्जाल प्लेटफर्महरू युवालाई लत लाग्ने गरी डिजाइन गरेको आरोपमा अमेरिकामा मुद्दाको सुनुवाइ सुरु…

मध्यपूर्वमा जारी तनाव थप चर्किएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग कुनै वार्ता नभएको र भविष्यमा पनि कुनै वार्ताको तालिका…

मध्यपूर्वमा तनाव थप बढ्दै गएको छ। यूएईको रक्षा मन्त्रालयका अनुसार इरानबाट प्रक्षेपित दुईवटा ब्यालिस्टिक मिसाइल यूएइको हवाइ क्षेत्रमा देखिएका छन्।…

प्रतिकृयाहरू
...