Tuesday 21st October 2025

साउदी अरबमा नेपाली कामदारलाइ मृत्युदण्ड


तितोपाटी – साउदी अरबमा एक नेपाली कामदार विरूद्ध मृत्युदण्डको फैसला सुनाइएको छ ।आफ्नै नातेदारको हत्यामा दोषी ठहरिए पछि १२ बर्षदेखि जेलमा रहेका उदयपुरका विवेक दाहाललाई साउदी अरेबियाको पुनरावेदन अदालतले मृत्युदण्ड सजाय सुनाएको हो। उदयपुरको बसाहा–७ बैंकडाडाका दाहालले मोरङ, बबियाविर्ता–३ का राजेन्द्र विष्टलाई २००७ फेब्रुअरी २ मा सुतिरहेको अवस्थामा हत्या गरेका थिए ।  उनलाई जुबेलस्थित हायल जेलमा राखिएको छ ।

 अदालतले पीडित पक्षलाई निजी अधिकारसम्बन्धी कानुन प्रयोग गर्न दिन अस्वीकार गरेको छ । अपराधको घटना अनुसार विवेक, राजेन्द्र र एक जना सुडानी नागरिक साउदी अरबको जुवेलमा उँठ गोठालाको रूपमा एकै ठाउँमा कार्यरत थिए । विष्ट र सुडानी राति सुतिरहेका बेला दाहालबाट आक्रमण भएको मिसिलमा उल्लेख छ । आक्रमण हुनेबित्तिकै विष्टकोज्यान गयो । सुडानी घाइते भएको यो मुद्दामा निजी अधिकार सम्बन्धी कानून भन्दा पनि सार्वजनिक कानून लागु हुने भन्दै सार्बजनिक कानुनअनुसार मृत्युदण्डको फैसला सुनाएको तल्लो तहको फैसलालाई पुनरावेदन अदालतले सदर गरेको हो ।

दाहालको जीवन रक्षाको लागि रियादस्थित नेपाली दूतावासले निजी कानूनअनुसार पीडित पक्षलाई ‘ब्लडमनी’ रकम उपलब्ध गराइ माफी दिन अदालतसमक्ष अनुरोध गरेको थियो ।

-कान्तिपुरबाट


सम्बन्धित शीर्षकहरु

लुलु हाइपरमार्केटले आफ्नो जीवन्त ‘लुलु वाली दिवाली २०२५’ उत्सव सफलतापूर्वक सुरु गरेको छ, जसले कुवेतभरि सबै लुलु आउटलेटहरूमा उज्यालो पर्वको…

उज्यालोको पर्वका रूपमा लिइने चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् आरम्भ हुँदैछ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल…

तितोपाटी- नेपालले आईसीसी टी-२० विश्वकप एसिया-ईस्ट एसिया प्यासिफिक छनोटको उपाधि जितेको छ । ओमनमा भएको छनोटको अन्तिम खेलमा सामोआलाई १२४…

प्रतिकृयाहरू
...