Tuesday 8th September 2026

भारतका लोकप्रिय अभिनेता अमिताभ बच्चनले बिहारका २१ सय किसानको ऋण तिरीदिए


तितोपाटी – बलिउडका लोकप्रिय अभिनेता  अमिताभ बच्चनले भारतको बिहार राज्यका २१ सय किसानको ऋण चुक्ता गरिदिएका छन्। भारतीय चलचित्रको इतिहासमा एक प्रमुख ब्यक्तिको रूपमा चिनिएका बच्चन भारतमा गरिबहरूका मसिहा नै मानिन्छन् । भारतीय चलचित्रको इतिहासमा पटक पटक सर्वश्रेष्ठ अभिनेता र लाइफ टाइम एचिभमन्ट अवार्डबाट सम्मानित बच्चनले यस अघि पनि उत्तर प्रदेश र महाराष्ट्रका गरि हजाराैं किसानहरूको ऋण तिरिदिएका थिए ।

‘एउटा अर्को वचन पूरा गरें। ऋण बाँकी रहेका बिहारका किसानमध्ये २१ सय किसानको छनौट गरेर उनीहरूको ऋण भुक्तान गरिएको छ। उनीहरूलाई बोलाएर अभिषेक र स्वेताको हातबाट यो दिइयो’, अमिताभले आफ्नो ब्लगमा लेखेका छन्।

अमिताभले यसअघि पनि किसानहरूको मद्त गर्दै आएका छन्। गत वर्ष उनले उत्तर प्रदेश राज्यका १ हजारबढि किसानको ऋण चुक्ता गरिदिएका थिए। यस्तै महाराष्ट्रका करिब ३५० किसनको पनि उनले ऋण तिरेका थिए।

यसका अलावा उनले ब्लगमा भारतको काश्मिर स्थिति पुलुवामामा भएको आतंकवादी हमलामा ज्यान गुमाएका सैनिकको स्मरण गरे। ‘एउटा अर्को वचन पूरा गर्नु छ, देशको लागि पुलुवामामा ज्यान अर्पण गर्ने सैनिकका परिवार तथा पत्नीहरूलाई आर्थिक सहयोग गर्नुछ। सच्चा शहिद ‘ भनेर उनले लेखेका छन्।


सम्बन्धित शीर्षकहरु

नयाँ सर्वेक्षणले इजरायलमा पश्चिम किनाराबाट हमासको ७ अक्टोबर २०२३ को आक्रमणजस्तै ठूलो हमला हुन सक्ने विषयमा व्यापक सुरक्षा चिन्ता रहेको…

यमनमा अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकारप्रति वफादार सेनाले हुथी विद्रोहीविरुद्ध ठूलो प्रत्याक्रमण सुरु गर्दै राजधानी सानाआ पुनः कब्जा गर्ने लक्ष्य…

एक वर्षअघि सडकमा उत्रिएका १९ जना नवयुवाले ज्यान गुमाएको घटनाको वार्षिकीमा नयाँ सरकारको एक वर्षे कार्यकालबारे विभिन्न कोणबाट मूल्याङ्कन हुन…

प्रतिकृयाहरू
...