Sunday 27th July 2025

भारतका लोकप्रिय अभिनेता अमिताभ बच्चनले बिहारका २१ सय किसानको ऋण तिरीदिए


तितोपाटी – बलिउडका लोकप्रिय अभिनेता  अमिताभ बच्चनले भारतको बिहार राज्यका २१ सय किसानको ऋण चुक्ता गरिदिएका छन्। भारतीय चलचित्रको इतिहासमा एक प्रमुख ब्यक्तिको रूपमा चिनिएका बच्चन भारतमा गरिबहरूका मसिहा नै मानिन्छन् । भारतीय चलचित्रको इतिहासमा पटक पटक सर्वश्रेष्ठ अभिनेता र लाइफ टाइम एचिभमन्ट अवार्डबाट सम्मानित बच्चनले यस अघि पनि उत्तर प्रदेश र महाराष्ट्रका गरि हजाराैं किसानहरूको ऋण तिरिदिएका थिए ।

‘एउटा अर्को वचन पूरा गरें। ऋण बाँकी रहेका बिहारका किसानमध्ये २१ सय किसानको छनौट गरेर उनीहरूको ऋण भुक्तान गरिएको छ। उनीहरूलाई बोलाएर अभिषेक र स्वेताको हातबाट यो दिइयो’, अमिताभले आफ्नो ब्लगमा लेखेका छन्।

अमिताभले यसअघि पनि किसानहरूको मद्त गर्दै आएका छन्। गत वर्ष उनले उत्तर प्रदेश राज्यका १ हजारबढि किसानको ऋण चुक्ता गरिदिएका थिए। यस्तै महाराष्ट्रका करिब ३५० किसनको पनि उनले ऋण तिरेका थिए।

यसका अलावा उनले ब्लगमा भारतको काश्मिर स्थिति पुलुवामामा भएको आतंकवादी हमलामा ज्यान गुमाएका सैनिकको स्मरण गरे। ‘एउटा अर्को वचन पूरा गर्नु छ, देशको लागि पुलुवामामा ज्यान अर्पण गर्ने सैनिकका परिवार तथा पत्नीहरूलाई आर्थिक सहयोग गर्नुछ। सच्चा शहिद ‘ भनेर उनले लेखेका छन्।


सम्बन्धित शीर्षकहरु

तितोपाटी-पाल्पाली लोक गायक बद्री पंगेनीको तीज कोसेली "पाल्पाली कान्छो झापाली कान्छी" सार्वजनिक भएको छ । बद्री पंगेनी अफिसियल युटयूव च्यानलबाट…

एजेन्सि-थाइल्याण्ड र कम्बोडियाबीचको सीमामा फेरि तनाव बढेको छ। थाइल्याण्डले कम्बोडियामा रहेको सैन्य अखडामा हवाई हमला सुरु गरेको छ। यसअघि बिहीबार…

लन्डन: गाजा पट्टीमा बिरामीहरूको उपचार गर्न स्वयंसेवा गरिरहेका बेलायती स्वास्थ्यकर्मीहरूले इजरायली आक्रमण र सहायतामा प्रतिबन्धका कारण गम्भीर जलेको र छर्राको…

प्रतिकृयाहरू
...