Tuesday 18th August 2026

यातायात मन्त्रीको गाडी नै खोलामा डुब्यो


तितोपाटी – भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ सवार गाडी खोलामा डुबेको छ ।

पुलको शिलान्यास गरी फर्कने क्रममा मन्त्री सवार बा २ झ ४०२९ नम्बरको गाडी स्याङ्जाको अर्जुन चौपारी–३, घट्टेस्थित दरौ खोलामा डुबेको हो ।

आधा भन्दा बढि भाग डुब्दा गाडीभित्रै रहेका मन्त्रीलाई सुरक्षाकर्मीले तत्कालै उद्दार गरेका थिए । उक्त गाडीलाई भने क्रेनको सहायताले बाहिर निकालिएको थियो ।खोलामा डुबेको सो गाडीको मर्मत गर्नु पर्ने भएपछि मन्त्री भने अर्को गाडीमा काठमाडौं फर्केका छन् ।


सम्बन्धित शीर्षकहरु

फेसबुक र इन्स्टाग्रामको मातृकम्पनी मेटामाथि आफ्ना सामाजिक सञ्जाल प्लेटफर्महरू युवालाई लत लाग्ने गरी डिजाइन गरेको आरोपमा अमेरिकामा मुद्दाको सुनुवाइ सुरु…

मध्यपूर्वमा जारी तनाव थप चर्किएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग कुनै वार्ता नभएको र भविष्यमा पनि कुनै वार्ताको तालिका…

मध्यपूर्वमा तनाव थप बढ्दै गएको छ। यूएईको रक्षा मन्त्रालयका अनुसार इरानबाट प्रक्षेपित दुईवटा ब्यालिस्टिक मिसाइल यूएइको हवाइ क्षेत्रमा देखिएका छन्।…

प्रतिकृयाहरू
...