Wednesday 12th November 2025

विराटनगरमा विवाह गर्ने झुटो आश्वासन दिएर करणी गर्ने पक्राउ


तितोपाटी – विवाहको आश्वासन देखाई एक युवतीलाई करणी गरेको अभियोगमा मोरङ प्रहरीले एक युवकलाई पक्राउ गरी यहाँ आज सार्वजनिक गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङले दिएको जानकारीअनुसार विराटनगर–१२ घर भई विराटनगर–१० सोमबारे हटिया नजीकै बहालमा बस्ने २५ वर्षीय विवेक भन्ने दिव्य पौद्धारलाई मोरङ प्रहरीले पक्राउ गरेको हो। निजले विराटनगर–१४ की १६ वर्षीया एक युवतीलाई विवाह गर्छु भनी ललाइफकाई गत वैशाख १० गते कोठामा लगी करणी गरेका थिए।

पीडितका परिवारले दिएको उजुरीका आधारमा पौद्धारलाई जेठ २३ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङ प्रवक्ता प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले बताए। आरोपी पौद्धारको आठ वर्षअघि विवाह भएको थियो। निजलाई जिल्ला अदालत मोरङबाट जबर्जस्ती करणी कसुरअन्तर्गत म्याद थप गरी थप अनुसन्धान भइरहेको छ प्रहरीले जानकारी दिएको छ। रासस


सम्बन्धित शीर्षकहरु

कुवेत शहर, नोभेम्बर १० आज कुवेत विगतको जस्तो छैन। यसले विभिन्न क्षेत्रहरूमा द्रुत विकासको चरण देखिरहेको छ, नयाँ कानूनहरू जारी…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको कञ्चनपुर शाखा अध्यक्ष सुरेशसिंह धामीको उपचारका लागि आर्थिक सहयोग गरेको छ। पत्रकार धामीको…

भारतको राजधानी दिल्लीको घना बस्ती भएको जिल्लामा रहेको ऐतिहासिक लाल किल्ला नजिकै कारमा भएको विस्फोटमा  कम्तीमा आठ जनाको मृत्यु भएको…

प्रतिकृयाहरू
...