Tuesday 18th August 2026

क्रिकेट रंगशालाको बार डोजर लगाएर भत्काउने कंडेल रिहा


तितोपाटी – बहुचर्चित ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगाशाला’को बार भत्काएको अभियोगमा पक्राउ परेका प्रकाश कँडेलसहितका युवाहरू छुटेका छन् । चितवनका प्रमुख जिल्ला अधिकारीसहित प्रमुख राजनीतिक दलका अध्यक्षहरूको संयुक्त बैठकले कँडेलसहित थुनामा रहेका चार जनालाई छाड्ने सहमतिसगैँ उनीहरु छुटेका हुन् । ४ बुदेँ प्रतिवद्धतासहित माफी मागेपछि उनीहरुलाई बैठकले छोड्ने सहिमति गरेको थियो  साथै उनीहरुले आफुहरु भुल बस गल्ती गरेको भन्दै यो महाअभियानमा एकसाथ अगाडी बढ्ने प्रतिवद्धता जनाउदै रंगशाला निर्माणमा जुट्न धुर्मुस सुन्तलीलाई आग्रह गरेका छन् ।

भने निर्माण हातमालो गर्ने पूर्ण प्रतिवद्धता जनाएका छन् ।उनीहरुलाई १२ दिन दैनिक हाजिर हाजिरी जमानीमा छाडिएको चितवन प्रहरीले जनाएको छ । चारै जनाले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै जेठ १५ गते विहान डोजर लगाएर बार भत्काउने कार्यप्रति दुःख व्यक्त गर्दै क्षमायाचना गरेका छन् । उनीहरुले भत्काएको पश्चिम तर्फको बारलाई तत्काल यथास्थानमा पुर्ननिर्माण गरी रंंगशालालाई हस्तान्तरण गर्ने विज्ञप्तीमा उल्लेख गरेका छन् ।आज राती छुट्नेमा डोजर काण्डका मूख्य आरोपी प्रकाश कँडेल सहित भैरव वास्तोकोटी, धुव्र चापागाईं, सुरेन्द्र विके रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरिक्षक दानवहादुर मल्लले जानकारी दिए ।

उनीहरुलाई १२ दिन पछि अभद्र ब्यवहार ऐन अन्तरगतको मुद्दा सुनुवाई जिल्ला प्रशासन कार्यालयबाट गरिने मल्लले जानकारी दिए ।बार भत्काएको अभियोगमा जिल्ला प्रहरी कार्यालय चितवनले १८ जनालाई पक्राउ गरेको थियो । पक्राउ परेका मध्ये १४ जनालाई छाडिएपनि प्रकाश कँडेल, भैरव बस्ताकोटीसहित चार जनालाई छाडिएको थिएन ।रंगशाला निर्माणको क्रममा विवाद हुँदा जेठ १५ गते स्थानीयले बार भत्काइदिएका थिए ।

-सिधाअनलाइनखबर बाट


सम्बन्धित शीर्षकहरु

अमेरिकाले उत्तर-पश्चिमी सिरियाको इदलिब प्रान्तमा रहेको एक सैन्य हवाई अड्डामा भएको इसराइली हवाई आक्रमणको कडा आलोचना गर्दै यसलाई “अनावश्यक तनाव…

स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमामा नयाँ आबद्धता, बीमालेख नवीकरण तथा KYC अद्यावधिक लगायतका सेवा अब HIB e-Portal मार्फत अनलाइन रूपमा…

पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) का संस्थापक इमरान खानलाई रावलपिण्डीको अदियाला जेलबाट इस्लामाबादस्थित शिफा इन्टरनेशनल अस्पतालमा दुई…

प्रतिकृयाहरू
...