Wednesday 12th November 2025

गुण्डा नाइके राधेलाइ रिहा नगरे तरूण दलले अान्दोलन गर्ने चेतावनी


तितोपाटी – तरुण दल धादिङका नेता राधाकृष्ण भण्डारी (राधे)लाई प्रहरीले पक्राउ गरेपछि केन्द्रीय कार्यसमितिले औपचारिक रुपमै उनको रिहाइको माग गरेको छ । तरुण दलका अध्यक्ष जितजंग बस्नेतले शनिबार पत्रकार सम्मेलन गरेर भण्डारीको रिहाइ नगरे तरुण दलले आन्दोलन थाल्ने चेतावनी समेत दिए । प्रहरीले भण्डारीलाई गत बुधबार साँझ धादिङमा पक्राउ गरी ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दायर गरेको छ ।

तरुण दलका अध्यक्ष बस्नेतले भने सरकारको निर्देशन अनुसार पक्राउ गरेको आरोप लगाएका छन् । साथै राधेलाई सरकारकै निर्देशन अनुसार हत्या गर्न खोजेको आरोप लगाएका छन् ।

हुँदै नभएको घटनामा संलग्नता देखाएर नियन्त्रणमा लिएको भन्दै तरुण दलले उक्त घटनाको विरोध जनाएको बताएको छ । प्रहरीले भने राधेलाई गाउँमा स्थानीयबासीलाई कुटपिट गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको भनाइ छ ।


सम्बन्धित शीर्षकहरु

कुवेत शहर, नोभेम्बर १० आज कुवेत विगतको जस्तो छैन। यसले विभिन्न क्षेत्रहरूमा द्रुत विकासको चरण देखिरहेको छ, नयाँ कानूनहरू जारी…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको कञ्चनपुर शाखा अध्यक्ष सुरेशसिंह धामीको उपचारका लागि आर्थिक सहयोग गरेको छ। पत्रकार धामीको…

भारतको राजधानी दिल्लीको घना बस्ती भएको जिल्लामा रहेको ऐतिहासिक लाल किल्ला नजिकै कारमा भएको विस्फोटमा  कम्तीमा आठ जनाको मृत्यु भएको…

प्रतिकृयाहरू
...