Tuesday 18th August 2026

बारामा छिमेलीलाइ फसाउन २ वर्षीया बालिकामाथ ठुलीआमाबाट बलात्कार


तितोपाटी – बारामा एक महिलाले पारिवारिक विवादमा छिमेकीलाई फसाउन  एक महिलाले दुई वर्षीया बालिकालाई ‘बलात्कार’ गरेकी छन् । घटना बाराको माइगढीमाई–१, तेगछिया टोलको हो । बिहीबार दिउँसो दुई वर्षीया बालिका आकृति (नाम परिवर्तन) विक्षिप्त अवस्थामा छिमेकीको घर अगाडि भेटिएकी थिइन् । बालिका बलात्कृत भएको खबरले गाउँभर फैलियो ।

बालिकाको परिवार र छिमेकीबीच लामो समयदेखि विवाद थियो । बेलाबेला दुई छिमेकी सार्वजनिक रुपमा गाली गलौजमा उत्रन्थे, अरु बेला बोलचाल बन्द ।

आकृति बलात्कार भएको घटनालाई पनि दुई परिवारबीच रहेको विवादसँग जोडेर हेरे । बालिकाका आफन्तले पनि छिमेकीमाथि शंका गर्दै जिल्ला प्रहरी कार्यालय, बारामा उजुरी दिए ।

प्रहरी अनुसन्धानका क्रममा घटना हुनुअघि बालिका आरोपित परिवारको घर अगाडि देखेको खुल्यो । त्यसैले प्रहरी शंका त्यहीँ परिवारका सदस्यमाथि गयो । प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान थाल्यो तर, कुनै प्रमाण हात लागेन ।

बालिकालाई उपचारका लागि कलैया अस्पताल लगिएको थियो । जब चेकजाँचका क्रममा चिकित्सकले बालिकाको योनीबाट कपडा निकाले, घटनामा नयाँ ट्वीस्ट आयो ।
‘बलात्कारीले यौनाङ्गमा कपडा किन कोच्यो भन्ने प्रश्न आयो र हामीले फरक कोणबाट अनुसन्धान थाल्यौं, अनुसन्धानमा खटिएका एक अधिकारी भन्छन् ।

त्यसपछि प्रहरीले बालिकाकी ठूलीआमा ४० वर्षीया कलावती देवी गिरीसँग पनि सोधपुछ गर्यो, जसले छिमेकीलाई आरोपित गर्दै उजुरी दिएकी थिइन् । लामो केरकारमा उनले बोली फेरिरहिन् । प्रहरीले अब उनीमाथि नै शंका गर्न थाल्यो ।

शुक्रबार उनले आफैंले पीडित बालिकाको यौनाङ्गमा कपडा घुसारेको स्वीकारेकी छन् । आफ्नो छिमेकीसँग लामो विवाद रहे को र  उनलाई  फसाउन बालिकालाई उठाएर यस्तो हर्कत गरेको उनले बयान दिएकी छन् ।

‘हात बाँधेर कट्टु खोलिदिएँ मुखमा कपडा कोचे, यौनाङ्गमा पनि कपडाको टुक्रा कोचिदिएँ’, उनले बयान दिएकी छन्, ‘त्यसपछि छिमेकीको घरमा फ्यालेकी थिएँ ।’

मुलुकी अपराध संहिताले यस्तो हर्कतलाई पनि बलात्कार मान्छ । त्यसैले प्रहरीले जबरजस्तीकरणी र ज्यान मार्ने उद्योगमा उनीमाथि अनुसन्धान थालेको छ । ‘जिल्ला अदालतबाट ५ दिनको म्याद थप पनि भइसकेको छ’, बाराका प्रहरी प्रमुख एसपी सानुराम भट्टराईले भने, ‘अहिलेसम्म घटनामा कमलादेवीको मात्र संलग्नता देखिएको छ ।’

घटनामा अन्य व्यक्तिको संलग्नता रहेको वा नरहेको भन्ने चाहिँ विस्तृत अनुसन्धानपछि नै खुल्ने भट्टराईले बताए । छिमेकी भने हिरासतमुक्त भएका छन् ।

-अनलाइनखबरबाट


सम्बन्धित शीर्षकहरु

फेसबुक र इन्स्टाग्रामको मातृकम्पनी मेटामाथि आफ्ना सामाजिक सञ्जाल प्लेटफर्महरू युवालाई लत लाग्ने गरी डिजाइन गरेको आरोपमा अमेरिकामा मुद्दाको सुनुवाइ सुरु…

मध्यपूर्वमा जारी तनाव थप चर्किएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग कुनै वार्ता नभएको र भविष्यमा पनि कुनै वार्ताको तालिका…

मध्यपूर्वमा तनाव थप बढ्दै गएको छ। यूएईको रक्षा मन्त्रालयका अनुसार इरानबाट प्रक्षेपित दुईवटा ब्यालिस्टिक मिसाइल यूएइको हवाइ क्षेत्रमा देखिएका छन्।…

प्रतिकृयाहरू
...