तितोपाटी – नेपाली कांग्रेस नुवाकोटका एक जना नेता रक्सीले मातेर जनताको घरमा ढुंगामुढा गर्न पुगेपछि प्रहरीमा जाेहरी परेको छ । विदुर नगरपालिका वडा नम्बर ३ का अध्यक्ष समेत रहेका कांग्रेस नेता बद्री प्रासद रिमाल गत शुक्रबार रक्सीले मातेर एक जना सर्वसाधरणको घरमा ढुंगा हान्न पुगे पछि पीडितले प्रहरीमा जाहेरी हालेको बुझिएको छ ।
मदिराले मात्तिएका उनी मध्यरातको ११ बजे घर लडाउने भन्दै ढुंगामुढामा उत्रिएका हुन । उनको हर्कतको बारेमा जिल्ला प्रहरी कार्यालय नुवाकोटमा शुक्रबार किटानी जाहेरी नै परेको छ । विदुर नगरपालिक वडा नम्बर ५ मा रहेको ४३ वर्षीय भवानी घिमिरेको घरमा उनी गत शुक्रबार राति मध्यरातमा ११ बजे घर भत्काउछु भन्दै पुगेका हुन ।
घिमिरेको परिवारले शुक्रबार प्रहरीमा किटानी जाहेरी दिएर पत्रकार सम्मेलन मार्फत घटनाविवरण सार्वजनिक गरेका छन । अर्को वडामा गएर रक्सी खाएर वितण्डा मच्चाउने वडा अध्यक्षको बारेमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । अध्यक्ष रिमाललाइ मध्यरातमै अर्काको घरमा ढुंगामुढा गरिरहेको अवस्थामा स्थानीय प्रहरीले उद्धार गरेको थियो । जुन कुरा भिडियोमै प्रष्ट देख्न सकिन्छ । पीडित घिमिरेको परिवारले शुक्रबार पत्रकार सम्मेलन गरी वडा अध्यक्ष रिमाललाइ कारबाही गर्न माग गरेका छन ।
-दैनिकीबाट