Sunday 25th October 2026

चीनले पहिलो पटक समुन्द्रबाट रकेट परिक्षण गर्यो


तितोपाटी – चीनले पहिलो पटक समुद्रबाट रकेट प्रक्षेपण गरेको छ । बुधबार चिनियाँ समय १२:६ मा पहिलो पटक फलतापूर्वक रेकट प्रक्षेपण गरेको पिपुल्स डेली चाइनाले बताएको छ । चीनको यो कदम उसको अन्तरिक्ष कार्यक्रम अन्तर्गतको एक छलाङको रुपमा लिइएको छ। चीनले सन् २०३० सम्म अन्तरिक्षमा अमेरिकालाई उछिन्दै पहिलो हुने लक्ष्य लिएको छ।

लङ मार्च-11 नाम गरेको उक्त रकेट पूर्वी प्रान्त साङडोङस्थित यल्लो सीबाट रकेट प्रक्षेपण गरिएको चीनियाँ राष्ट्रिय अन्तरिक्ष प्रशासनले घोषणा गरेको हो। रकेटले ५ वटा व्यवसायिक र २ वटा वैज्ञानिक अनुसन्धान प्रयोजनका लागि गरी ७ वटा स्याटालाईट पृथ्वीको कक्षमा छोड्नेछ।

२० दशमलव ८ मिटर लामो उक्त रकेटको तौल ५८ टर रहेको छ भने ३८० किलो कार्गो बोक्न सक्ने क्षमता रहेको चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन्।
चीनले अर्को वर्षदेखि मानवबस्ने मिल्ने छुट्टै अन्तरिक्ष केन्द्रको निर्माण गर्ने तयारी गरिरहेको छ। चीनले आफ्नो यो कदमलाई शान्तिपुर्ण कार्यका लागि भनिरहेपनि अमेरिकी रक्षा मन्त्रालयले यसको प्रयोग अन्य कार्यका लागि हुनसक्ने आरोप लगाउँदै आएको छ।

सन् १९६७ मा विश्वमा पहिलो पटक समुद्रबाट रकेट प्रक्षेपण गरिएको थियो। पछिल्लो पटक सन् २०१४मा प्रशान्त महासगरबाट प्रक्षेपण गरिएको थियो।

चाइना एकेडेमी अफ लन्च भेकल टेक्नोलोजीका प्रजेक्ट म्यानेजर ली टोङयूले समुद्रबाट गरिने रकेट प्रक्षेपणले मानिसहरुलाई जोखिमको न्यूनिकरण गर्नुका साथ कम खर्च हुने बताएका छन्।

-एजेन्सी


सम्बन्धित शीर्षकहरु

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का अनुसार सन् २०२६ मा बंगलादेशको प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन (प्रति व्यक्ति जीडीपी) भारतभन्दा माथि पुग्ने…

अमेरिका र इरानबीचको तनाव जारी रहे पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तत्काल इरानमाथि सैन्य आक्रमण नहुने बताएका छन्। ट्रम्पले “आज…

ब्राजिलमा राष्ट्रपति पदका लागि भएको दोस्रो चरणको निर्वाचनमा वामपन्थी वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा र दक्षिणपन्थी उम्मेदवार फ्लाभियो…

प्रतिकृयाहरू
...