तितोपाटी – जनकपुरमा लोकसेवाको विज्ञापनको विषयलाइ लिएर विद्यार्थीर प्रहरी बिच झडप भएको छ । विद्यार्थीहरूले सडक अवरूद्ध गरि विरोधमा उत्री मन्त्री र लोकसेवा आयोगका अध्यक्षको पुत्ला जलाउन थालेपछि विद्यार्थी र प्रहरीबीच मंगलबार झडप भएको हो । विद्यार्थीहरुले सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित र लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीको पुत्ला जलाउन लाग्दा दुबै पक्षबीच केहीबेर झडप भएको थियो ।
लोक सेवा आयोगले हालै मधेसी आरक्षणको कोटा हटाएर विज्ञापन आह्वान गरेको बिरोधमा विद्यार्थीहरुले मन्त्री पण्डित र अध्यक्ष मैनालीको पुत्ला जलाउन लाग्दा प्रहरीले निभाउन लाग्दा दुबै पक्षबीच झडप भएको हो । झडपमा कोही पनि हाताहाती भएको छैन ।
प्रहरीले पुत्लामा लागेको आगो खोसेर पानी हाली निभाएपछि विद्यार्थीहरु आक्रोशित बनेका थिए । विद्यार्थीहरुले केहीबेर भानु चोकमा सडक समेत अवरुद्ध पारेका थिए ।