Tuesday 11th November 2025

पर्वतमा ७ वर्षीया बालिका बलात्कृत


तितोपाटी – दक्षिण पर्वतमा सात वर्षीया बालिका बलात्कृत भएकी छन् । जिल्लाको विहादी गाउँपालिकाकाकी बालिकालाई स्थानीय १९ वर्षीय सुरज परियारले बिहीबार साँझ बलात्कार गरेको हो ।

जिल्लाको चन्द्र माध्यमिक विद्यालयमा ज्यामी काम र्गने सुरजले विद्यालयबाट केही तल लगेर ती बालिकालाई जबर्जस्ती करणी गरेका हुन् । सुरजको स्थायी घर पैयूँ गाउँपालिका–६ सरौँखोला भएको र उनले घटना स्वीकारेको गरेको हुवास इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक मित्रबहादुर आचार्यले जानकारी दिए ।

इलाका प्रहरी कार्यालयको टोलीले राति ८ बजे भाग्दै गरेको अवस्थामा सुरजलाई पक्राउ गरेको बताएको छ । पीडित बालिकालाई स्वास्थ्य परीक्षणका लागि पोखराको गण्डकी अञ्चल अस्पतालमा पठाइएको छ । प्रकाउ परेका सुरजलार्य जिल्ला प्रहरी कार्यालय लगेर अनुसन्धान गरी कारबाही अगाडि बढाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको कञ्चनपुर शाखा अध्यक्ष सुरेशसिंह धामीको उपचारका लागि आर्थिक सहयोग गरेको छ। पत्रकार धामीको…

भारतको राजधानी दिल्लीको घना बस्ती भएको जिल्लामा रहेको ऐतिहासिक लाल किल्ला नजिकै कारमा भएको विस्फोटमा  कम्तीमा आठ जनाको मृत्यु भएको…

सुशिल बस्याल - देश अहिले राजनीतिक, सामाजिक र आर्थिक रूपमा संक्रमणको अवस्थामा छ। विगतका दशकहरूमा पुरानो नेतृत्वले धेरै योगदान गरेको…

प्रतिकृयाहरू
...