Tuesday 11th November 2025

नवलपरासीको देवचुलीमा बस र ट्रक ठोक्किँदा २ जनाको मृत्यु, २१ घाइते


तितोपाटी – नवलपुरको देवचुलीमा आज दिउँसो बस र ट्रक एकआपसमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा परि २१ जना भन्दा बढी घाईते भएका छन् ।

दुर्घटनामा परि गम्भिर घाइते भएर पुरानो मेडिकल कलेज भरतपुर पुर्याईएका २ जना महिलाको उपचारका क्रमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक अर्जुन रानाभाटले बताए । मृतकहरुको सनाखत भएको छैन ।

देवचुली नगरपालिकाको राजमार्गमा पर्ने हमालचोक नजिकै ना ४ ख ५२९५ नम्बरको बसर र ना २ ख ४८९० नम्बरको ट्रक एकआपसमा ठोक्किएका थिए । प्रहरीका अनुसार चितवन मेडिकल कलेजमा ७ जना र मनकामना अस्पतालमा १३ जनाको उपचार भइरहेको छ ।


सम्बन्धित शीर्षकहरु

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको कञ्चनपुर शाखा अध्यक्ष सुरेशसिंह धामीको उपचारका लागि आर्थिक सहयोग गरेको छ। पत्रकार धामीको…

भारतको राजधानी दिल्लीको घना बस्ती भएको जिल्लामा रहेको ऐतिहासिक लाल किल्ला नजिकै कारमा भएको विस्फोटमा  कम्तीमा आठ जनाको मृत्यु भएको…

सुशिल बस्याल - देश अहिले राजनीतिक, सामाजिक र आर्थिक रूपमा संक्रमणको अवस्थामा छ। विगतका दशकहरूमा पुरानो नेतृत्वले धेरै योगदान गरेको…

प्रतिकृयाहरू
...