Saturday 10th October 2026

नवलपरासीको देवचुलीमा बस र ट्रक ठोक्किँदा २ जनाको मृत्यु, २१ घाइते


तितोपाटी – नवलपुरको देवचुलीमा आज दिउँसो बस र ट्रक एकआपसमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा परि २१ जना भन्दा बढी घाईते भएका छन् ।

दुर्घटनामा परि गम्भिर घाइते भएर पुरानो मेडिकल कलेज भरतपुर पुर्याईएका २ जना महिलाको उपचारका क्रमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक अर्जुन रानाभाटले बताए । मृतकहरुको सनाखत भएको छैन ।

देवचुली नगरपालिकाको राजमार्गमा पर्ने हमालचोक नजिकै ना ४ ख ५२९५ नम्बरको बसर र ना २ ख ४८९० नम्बरको ट्रक एकआपसमा ठोक्किएका थिए । प्रहरीका अनुसार चितवन मेडिकल कलेजमा ७ जना र मनकामना अस्पतालमा १३ जनाको उपचार भइरहेको छ ।


सम्बन्धित शीर्षकहरु

संखुवासभा समाज कुवेतले यस वर्षको दशैं–तिहार तथा वार्षिकोत्सव कार्यक्रम नगर्ने निर्णय गर्दै त्यसका लागि छुट्याइएको रकम क्यान्सर पीडितलाई सहयोग गरेको…

राष्ट्रपति रामचन्द्र पौडेलले विपद्सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश जारी गरेका छन्। अब बाढी, पहिरो जस्ता विपद्मा बेपत्ता भएका…

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदकी उम्मेदवार विनिता खड्का इजरायल रोजगारीमा पठाइदिने भन्दै रकम असुली गरिएको ठगी प्रकरणमा पक्राउ…

प्रतिकृयाहरू
...