Wednesday 19th August 2026

संसदीय समितिमा भएको बहस प्रति उर्जामन्त्री पुनको टिप्पणी


तितोपाटी – ऊर्जा मन्त्री बर्षमान पुनले ट्रंक लाइन विवादमा मुख खोलेका छन् । उनले ट्रंक लाइन प्रयोग गरेर उद्योग चलाउने उद्योगीहरुको बक्यौता उठाई छाड्ने बताए । मंगलबार ऊर्जा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलन पुनले विनियमावली संसोधन गरिए पछिको व्यवस्थाअनुसार ट्रङक लाइन लिएकाहरुलाई डेडिकेटेड सरहको महशुल अशुल्ने बताए ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ पनि उपस्थित पत्रकार सम्मेलनमा मन्त्री पुनले ट्रंक लाइनका प्रत्येक उद्योगको टोओडी मिटर अध्ययन भइरहेको भन्दै अध्ययनबाट प्राप्त प्रतिवेदन अनुसार महशुल उठाइने बताए । ‘उद्योगले साँच्चिकै लोडसेडिङमा बसेका हुन् कि ट्रंक लाइन उपभोग गरेर चलाएका हुन् भन्ने अध्ययन हुँदैछ,’ उनले भने,’त्यसैअनुरुप महशुल असुलउपर हुन्छ ।’

उनले संसदको सार्वजनिक लेखा समितिमा भएको बहसबारे पनि टिप्पणी गरे । मन्त्री पुनले संसदिय समितिका निर्देशनहरुको पालना गरिएको र प्राधिकरणका काम कारवाही पारदर्शी राखिएको बताए । ‘हामी थप पारदर्शी हुन्छौं, तर बहसहरु पनि तथ्यपरक हुनुपर्छ,’ पुनले भने ।

केहि दिन अघि नेकपाका सांसद अमनलाल मोदीले प्राधिकरण प्रमुख घिसिङलाई लोडसेडिङ हटाएको घुम्टो ओढेर भ्रष्टाचार गरिरहेको आरोप लगाएका थिए ।

मन्त्री पुनले त्यसलाई गलत आरोपको संज्ञा दिए । ‘म नै हाल प्राधिकरणको अध्यक्ष छु, निर्णयहरु पारदर्शी गरेका छौं’ उनले भने,’ प्रश्न बर बहसहरुमा पनि तथ्यमा आधारित हुनुपर्छ ।’


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी: कुवेतका दुई प्रतिष्ठित संस्थाहरू मुजैनी एक्सचेन्ज (Al Muzaini Exchange) र कुवेत एयरवेजबीच संयुक्त सहकार्य प्रोटोकल (Memorandum of Understanding)…

इजरायलले उत्तरपश्चिमी सिरियाको अबु अल–दुहुर (Abu al-Duhur) सैन्य हवाई अड्डामा हवाई हमला गरेको छ। सिरियाली सरकारी स्रोतका अनुसार रनवे र…

कुवेत — प्रवासी नेपाली मञ्च, राष्ट्रिय कमिटी कुवेतले आफ्नो पाँचौं अधिवेशन आगामी २१ अगस्ट २०२६, शुक्रबार आयोजना गर्ने भएको छ।…

प्रतिकृयाहरू
...