Monday 26th October 2026

भोजपुरमा जन्म दिने आमाले नै २२ महिने शिशुको हत्या गरिन्


तितोपाटी – भोजपुर सदरमुकाममै एक महिलाले आफ्नै नाबालक छोराको विभत्स हत्या गरेकी छन्। भोजपुर नगरपालिका- ९, पानीट्याङ्कीमा भाडामा बस्दै आएकी सम्झना थापाले धारिलो खुकुरी प्रहार गरी २२ महिने छोराको हत्या गरेकी हुन्।

मंगलबार बिहान करिब साढे ७ बजेतिर कोठामै रामप्रसाद राई गाउँपालिका- ७ बासीखोरा घर भएका सूर्यबहादुर थापाकी श्रीमती २५ वर्षीया सम्झनाले छोरालाई अचानोमा राखी दुई टुक्रा बनाएको जिल्ला प्रहरी कार्यालय भोजपुरका डिएसपी केशव कुमार थेबेले जानकारी गराए।

उनी पानीट्याङ्कीस्थित जेठा भिनाजु रमन राईको घरको माथिल्लो तल्लामा छोरा र श्रीमानसँग बस्दै आएको प्रहरीले जनाएको छ। हत्या गर्ने सम्झनाको केही महिनादेखि मानसिक सन्तुलन ठिक नभएको स्थानीयले बताएका छन्। घटनापछि उनलाई प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान सुरु गरेको छ। मृतक बालकको शव पोष्मार्टमका लागि जिल्ला अस्पताल भोजपुरमा ल्याइएको प्रहरीले जनाएको छ।


सम्बन्धित शीर्षकहरु

इरानी सेनाले दक्षिणी बन्दरगाह सहर बन्दर अब्बासको आकाशमा अमेरिकी ‘लुकास’ (LUCAS) ड्रोन खसालेको दाबी गरेको छ। इरानी सरकारी समाचार एजेन्सीहरू…

यमनी हुथी विद्रोहीहरूको आक्रमणका कारण बन्द भएको साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थल दुई हप्तापछि पुनः सञ्चालनमा आएको…

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का अनुसार सन् २०२६ मा बंगलादेशको प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन (प्रति व्यक्ति जीडीपी) भारतभन्दा माथि पुग्ने…

प्रतिकृयाहरू
...