Sunday 8th February 2026

काठमाण्डाैंको बिष्फोटमा मर्नेको संख्या ४ पुग्यो, कोटेश्वरबाट ७ जना पक्राउ


तितोपाटी – राजधानीमा भएका बम बिस्फाेटका घटनामा मृत्यु हुनेकाे संख्या ४ जना पुगेकाे छ। महानगरीय प्रहरी परिसर काठमाडाैंका अनुसार सुकेधाराकाे ढलाने पुलस्थित सैलुनमा भएको बिस्फोटमा घाइते भएका ४ मध्ये एक जनाकाे उपचारका क्रममा निधन भएपछि मृत्यु हुनेकाे संख्या ४ पुगेकाे हाे। यसअघि साे घटनामा २ जना र अनामनगरस्थित घट्टेकुलाेको एक घरको कोठामा बिस्फोट हुँदा १ जनाकाे मृत्यु भएकाे थियाे।

घट्टेकुलोको सङ्गम गल्लीमा भएको विस्फोटमा एक जनाको मृत्यु भएको हो । घाइते पाँचमध्ये चार जनाको परिचय खुलेको छ । घट्टेकुलोमा भएको विस्फोटमा परी रुकुम घर भई त्रिचन्द्र कलेज पढ्ने चन्द समूहका विद्यार्थी नेता रविन केसी घाइते भएका छन् । उनको अहिले काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

सुकेधाराको ढलाने पुल नजीक भएको विस्फोटमा परी काठमाडौँ कपनका हरि खड्का, बूढानीलकण्ठका सुरेन्द्र महर्जन, महोत्तरी घर भएका छोटु ठाकुर घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुको ओम अस्पतालमा उपचार भइरहेको छ । एक जनाको परिचय खुलेको छैन ।

काेटेश्वरबाट ७ जना पक्राउ

यसैबीच घट्टेकुलाेमा सिलिण्डर बम लिन गएका र त्यहाँ विस्फोट भएपछि भागेर कोठामा आएका सात जनालाई प्रहरीले कोटेश्वरबाट पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भक्तपुर जिल्ला सेक्रेटरी बुद्धिलाल पुन, बुद्धि सुनुवार, तेजराज काफ्ले तेजबहादुर मोक्तान रहेका छन्। पक्राउ पर्नेहरुको कोठाबाट विस्फोट गराउन तयारी अवस्थामा रहेको कुकर बम फेला परेको छ।

उनीहरूलाई सशस्त्र प्रहरीकाे विशेष टाेलीले पक्राउ गरेर काेटेश्वर वृत्तकाे जिम्मा लगाएकाे छ। उनीहरूमाथि अनुसन्धान भइरहेकाे छ।


सम्बन्धित शीर्षकहरु

कुवेतस्थित खोटाङ कुवेत सम्पर्क मञ्च ले आफ्नो दोस्रो सांगीतिक धमका आयोजना गर्ने भएको छ। संस्थाको हालै सम्पन्न २१ औँ मासिक…

  तिताेपाटी तनहुँ म्याग्दे गाउँपालिकाले सार्वजनिक गर्‍यो ‘म्याग्दे गान’, स्थानीय पहिचान र भावनालाई एकसूत्रमा बाँध्ने प्रयास तनहुँ । म्याग्दे गाउँपालिकाले…

-राजन रिमाल लोकतन्त्र र खेल दुवै नियम, प्रतिस्पर्धा र विश्वासमा टिकेका प्रणाली हुन्। तर जब खेल मैदानमा म्याच फिक्सिङ हुन्छ…

प्रतिकृयाहरू
...