Thursday 18th December 2025

भारतको गुजरातमा आगलागी हुँदा १९ विद्यार्थीको मृत्यु


तितोपाटी – भारतको गुजरात राज्यको सुरतस्थित एक सपिङ कम्पलेक्सको कोचिङ सेन्टरमा आगलागी हुँदा १९ विद्यार्थीको ज्यान गएको छ । सुरत नगर निगममा रहेको ३ तले भवनमा शुक्रबार अपराह्न आगलागी भएको हो । भवनको दोस्रो तलामा रहेको कोचिङ सेन्टरमा अचानक आगो सल्किएपछि विद्यार्थीहरुबीच भागाभाग मच्चिएको थियो । भवनको छतसमेत आगोको लप्काले ढाकेपछि विद्यार्थी र भवनका अन्य मानिस झ्यालबाट हाम्फालेका थिए ।

आगाको मुस्लो र धुवाँबाट निस्सासिनबाट बच्न भुइँमा हाम्फालेका विद्यार्थीमध्ये १० को मृत्यु भएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मृत्यु हुनेको संख्या बढ्न सक्ने बताइएको छ । घाइते दुई दर्जन विद्यार्थीको उपचार भइरहेको छ । आगलागीलगत्तै पुगेका १८ दमकलले आगो निभाएका थिए । साथै भवनमा फसेकालाई हाइड्रोलिक क्रेन लगाएर उद्धार गरिएको थियो । आगलागीको कारण थाहा हुन सकेको छैन ।

घटनाप्रति प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख प्रकट गरेका छन् । उनले घाइतेलाई तत्काल सबै आवश्यक सहयोग उपलब्ध गराउन पनि गुजरात सरकार र स्थानीय प्रशासनलाई निर्देशन दिएका छन् ।

यसैबीच गुजरातका मुख्यमन्त्री विजय रुपानीले घटनाको छानबिन आदेश दिँदै प्रत्येक मृतकका परिवारलाई ४ लाख भारु दिने घोषणा गरेका छन् ।

तीन महिनाअघि भारतको राजधानी नयाँदिल्लीमा आगलागीमा १८ को ज्यान गएको थियो । दिल्लीको करोलबागको होटल अर्पित प्यालेसमा आपतकालिन निकास नहुँदा निस्सासिएर उनीहरुको ज्यान गएको थियो ।

-कान्तिपुरबाट


सम्बन्धित शीर्षकहरु

सिरियाली सरकारले मंगलबार आफ्नो सेनाले ISIS सँग सम्बन्धित सेलको नेतालाई मारेको र गत हप्ता सुरक्षाकर्मीमाथि भएको घातक आक्रमणमा संलग्न रहेको…

नेकपा (एमाले)को ११औँ महाधिवेशनमा अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने पक्का भएको छ । महाधिवेशनको निर्वाचन…

तीतोपाटी – जन जागृति युवा समाज कुवेतले सवारी दुर्घटनाबाट गम्भीर घाइते भएका समाजका कृयाशिल सदस्य लाल बहादुर तामाङलाइ १ लाख…

प्रतिकृयाहरू
...