Wednesday 12th August 2026

सुदुरपश्चिमेली समाजको दोश्रो वार्षिकोत्सव तथा अधिवेशन रवि ओड र चक्र बमको साथमा २० सेप्टेम्बरमा हुने


रवि ओड र चक्र बमले कुवेतमा सांगीतिक धमाका मच्चाउने

तितोपाटी – सुदुरपश्चिमेली नेपाली समाज कुवेतले आफ्नो दोस्रो बार्षिउत्सब तथा अधिवेशन नेपाल आइडल सिजन २ का रबि ओड र चक्र बम को साथमा “बृहत् सांस्कृतिक धमाका २०१९ “बिभिन्न साङ्गितिक प्रस्तुतिहरुको साथमा गर्ने भएको छ। “सुदुरपश्चिमका लागि सुदुरपश्चिमेली” भन्ने मूल नाराका साथ कुवेतमा स्थापित सुदुरपश्चिमेली नेपाली समाज कुबेतले आफ्नो दोस्रो वार्षिक उत्सब तथा अधिबेशन आगामी सेप्टेम्बर २० तारिख २०१९ शुक्रबार को दिन नेपाल आइडल रवि ओड र चक्र बमको धमाकेदार बिभिन्न सास्कृतिक प्रस्तुतिको साथमा मनाउने भएको हो।

सामाजिक सेवामा कृयाशिल यस सुदुरपश्चिमेली समाज कुवेतले आफ्नो दोश्रो वार्षिकोस्तसव तथा अधिवेशनको अवसर पारेर नेपाल आइडल रवि ओड र चक्र बमलाइ कुवेत ल्याएर आयोजना गरिने सांगीतिक कार्यक्रम मार्फत हुन आउने आम्दानी पनि सामाजिक सेवाका कार्यमा नै खर्च गरिने समाजका अध्यक्ष अमर खड्काले तितोपाटी डट कमलाइ बताए । उक्त अधिबेशन तथा वार्षिउत्सब लाई जुनमा मनाउने भनि समाचार सम्प्रेषण गरे पनि विभिन्न कारण वस कार्यक्रम फेरबदल भएको संस्थाका महा-सचिब मान ब.बलायरले तितोपटी डटकम लाई जानकारी दिएका छन।

उक्त बार्षिकोत्सब तथा अधिवेशन बृहत् सांस्कृतिक धमाका २०१९ लाइ ऐतिहासिक, भव्य र सभ्य रूपमा सफल बनाउनको लागि कुवेतमा कृयाशिल सम्पूर्ण संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडीका साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई कार्यक्रममा उपस्थितिको लागि बिनम्र अनुरोध गर्दै सेप्टेम्बर २० तारिकका दिन कुवेतमा कृयाशिल संघ संस्था लागयत सम्पूर्णलाई कार्यक्रम नजुधाइ दिनु हुन आयोजक सुदुरपश्चिमेली नेपाली समाज कुवेतले विनम्र अनुरोध गरेको छ ।

कार्यक्रमको विवरण

कार्यक्रम: दोस्रो वार्षिकोत्सब तथा अधिबेशन
बृहत् सांस्कृतिक धमाका २०१९

समय: ११ बजेदेखि
मिति: २० सितंम्बर २०१९ शुक्रबार
स्थान : boys Scout Association Hall
Beirut street block 10 Hawali

आयोजक : सुदुरपश्चिमेली नेपाली समाज कुवेत


सम्बन्धित शीर्षकहरु

कुवेतमा घरेलु कामदारका रूपमा कार्यरत झापा बुद्धशान्ति गाउँपालिका–४ की पूजा तामाङ विगत ६ महिनादेखि परिवारको सम्पर्कमा नरहेको भन्दै वडा कार्यालयले…

कुवेतमा आफ्नो खुद्रा व्यापार सञ्जाल विस्तार गर्दै लुलु ग्रुपले जाबेर अल-अहमदस्थित जाबेर मलमा नयाँ हाइपरमार्केट सञ्चालनमा ल्याएको छ। यससँगै कुवेतमा…

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आफ्ना मागहरू सम्बोधन नभएसम्म वैदेशिक रोजगारीका लागि नयाँ श्रमिक पठाउने प्रक्रिया रोक्ने अडान कायम राखेको…

प्रतिकृयाहरू
...