Tuesday 14th April 2026

दार्चुलामा बाबुले १० महिने छोरीलाइ जिउँदै जलाएर हत्या गरे


तितोपाटी – दार्चुलाको ब्याँस गाउँपालिका ५ चुकपानीका नविन बिष्टले आफ्नै छोरीलाई बिहीबार जिउँदै जलाएर हत्या गरेका छन् । घरायसी विषयमा आफ्नी श्रीमतीसँग मनमुटाव भएपछि विष्टले १० महिनाकी छोरी अनुस्कालाई जलाएर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार २४ वर्षीय नविनले बिहीबार राति १० बजे घरनजिकैको सुकेको खरको थुप्रोभित्र राखेर बाहिरबाट आगो लगाई छोरीलाई मारेको खुल्न आएको हो । छोरीलाई जलाएर भाग्ने क्रममा उनलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाइ खबर गरेका हुन् । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक हिक्मतबहादुर बोहराले बालिकाका बुबा र आमा दुबैजनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जानकारी दिए । ‘नविनकी श्रीमतीले आफ्नी दिदीको एक तोला सुन चोरेर ल्याएको र दिदीलाई सुनको रकम तिर्नुपर्ने भएपछि उनीहरु बीच मनमुटाव सुरु भएको देखिन्छ’ प्रहरी निरीक्षक बोहराले भने, ‘एक/डेढ महिनादेखि यसै विषयमा वादविवाद हुँदै आएको थियो त्यसको रिस फेर्न छोरीलाई जलाएको घटना प्रकृतिबाट बुझिन्छ ।’ छोरीलाई मारेर श्रीमतीसँग सम्बन्धबिच्छेद गर्ने तयारीका साथ यो घटना भएको नविनको क्रियाकलापले देखिन आएको बोहराले बताए ।

स्थानीयका अनुसार चोरेर ल्याएको सुनको रकम तिरिदिने विषयमा एक/दुई दिनदेखि घरमा कुरा हुँदै आएको थियो । बिहीबार साँझ पनि नविनका आफन्त घरभित्र बसेर त्यसै बिषयमा कुरा गरिरहेका थिए ।

राती श्रीमती शौचालय गएको समयमा उनले सुतिरहेकी छोरीलाई समातेर घरनजिकै रहेको खरको थुप्रोभित्र राखेर जलाएको ब्याँस गाउँपालिका ५ का अध्यक्ष मंगलसिंह धामीले बताए । सानै उमेरमा उनीहरुको बिहे भएको र दुवैजना गाउँमै बस्दै आएका थिए । जलेको शव घटनास्थलबाट ल्याएर जिल्ला अस्पतालमा पोष्टमार्टमका लागि पठाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

-कान्तिपुरबाट


सम्बन्धित शीर्षकहरु

अमेरिकी राष्ट्रपति Donald Trump ले मध्यपूर्व युद्धका क्रममा यदि बेइजिङले इरानलाई सैन्य सहयोग गरेको प्रमाण भेटिए चीनबाट अमेरिका प्रवेश गर्ने…

रुसले इरानको समृद्ध (enriched) युरेनियम आफ्नो नियन्त्रणमा लिन प्रस्ताव अझै खुला रहेको जनाएको छ। क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभका अनुसार राष्ट्रपति…

रूस–युक्रेन युद्धमा पहिलो पटक मानवरहित सैन्य प्रणालीमार्फत शत्रुको एक स्थान कब्जा गरिएको युक्रेनी राष्ट्रपति Volodymyr Zelenskyy ले बताएका छन्। उनका…

प्रतिकृयाहरू
...