Wednesday 19th August 2026

पाल्पामा जन्ती बोकेको जीप दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु


तितोपाटी – पाल्पाको निस्दी गाउँपालिका वडा नम्बर ७ मित्यालमा भएको जिप दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ । लु १ ज १९४१ नम्बरको जिप गुघुरीभीरमा जन्तीसहित दुर्घटना भएको हो ।

६ जना जन्ती बोकेर गएको मध्ये ५ जनाको मृत्यु भएको खबर आफूले प्राप्त गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका डीएसपी कृष्णराज सापकोटाले लोकान्तरलाई बताए ।

जिप गुघुरीभीरबाट ३५० मिटर तल खसेको छ । जिपमा ६ जना सवार रहेको र एक जनाले हाम फालेर बाँच्न सफल भएको प्रहरीले जनाएको छ। प्रहरी टोली घटना स्थलमा छ। घटनाबारे थप विवरण आउन बाँकी छ ।


सम्बन्धित शीर्षकहरु

काठमाडौं — लामो समयदेखि न्यून पारिश्रमिक, असमान सेवा–सुविधा र सरकारी प्राथमिकतामा आफूहरू पछाडि परेको गुनासो गर्दै आएका सामुदायिक विद्यालयका प्रारम्भिक…

कालिकोटको ४२० मेगावाट क्षमताको तिला–२ जलविद्युत् आयोजनाको वित्तीय क्लोजर सम्पन्न भएको छ। आयोजनामा करिब ७० अर्ब रुपैयाँ लगानी हुनेछ, जसको…

देशका विभिन्न स्थानमा वर्षासँगै आएको बाढी र पहिरोका कारण सडक यातायात प्रभावित भएको छ। काभ्रे, सिन्धुपाल्चोक, रसुवा, पश्चिम रुकुम, संखुवासभा,…

प्रतिकृयाहरू
...