Tuesday 14th April 2026

विपद् जोखिम न्यूनिकरणको लागि जनप्रतिनिधिबीच छलफल


रन्जिता भट्टराई – विपद् जोखिम न्यूनिकरण मूलप्रभावहिकरणको लागि सिरहाको कल्याणपुरमा दूई दिने जनप्रतिनिधिहरुलाई हालै तालिम दिइएको छ । युएसएडको सहयोगमा कल्याणपुर नगरपालिका र नेपाल रेडक्रस सोसाईटी सिरहाको आयोजनामा गरिएको सो तालिमा विपद् पूर्वतयारी र बाढी पूर्व सूचना प्रणाली सवलीकरणवारे विस्तृत्त जानकारी गराएका छन् ।

बाढी, कटान, डुबान जस्ता जोखिमबाट बाच्नको लागि पूर्वतयारीवारे विशेष छलफल भएको छ । आगलागी, हावाहुरी, सडक दुर्घटना, सर्पडंस र शितलहरले कल्याणपुर लगायत सिरहाको अधिकाँश गाउँ जोखिम रहेको सो कार्यक्रम छलफल भएको छ ।
यस्ता विपद् तथा बाढी पहिरोको जोखिमबाट बाच्नको लागि कल्याणपुर नगरपालिकाले कल्र्भट – सडक मर्मत, सेफ हाउसको तयारी, उद्धार सामाग्री खरिद, उद्धार समूहको तालिम, राहत वितरण, आपत्तकालिन सूचना केन्द्र स्थापना, विपत्त व्यवस्थापन कोष खडा गरिने तयारीमा रहेको फोकल पर्सन ललन कर्ण बताए ।

विपद् व्यवस्थापनको लागि कल्याणपुर नगरपालिकाले यस बर्ष ५० लाखको योजना बनाएको छ । जसमा बैशाख २० गते सूचना केन्द्र स्थापना हुने भएको छ । कल्याणपुरको चिकना, निर्दना, पर्साही, चतरी, वेलहा चपेना, कैलपुर, पूर्णियाही छर्रापटी, भँगठियाही, जमुआ परासीमा बाढी, कटान, डुबान जस्ता जोखिम रहेको छ ।

स्थानीय तहले विपद् व्यवस्थापनको लागि बजेट छुट्याएको छ तर बजेट सम्बन्धित ठाउँमा प्रयोग भइरहेको छ । छैन ? कल्याणपुर नगरपालिकाका मेयर सूर्यनाथ मण्डलले विपद् व्यवस्थापनको लागि उद्धार सामाग्री खरिद गर्ने काम भइरहेको बताए । यो तालिमले पनि धेरै कुराको अवगत गराएको छ। यसको लागि चेतनामुलक र राहत व्यवस्थापनको काम गरिरहेको छु। शिपमुलक कार्यसमेत अगाडी बढाइएको छ । कल्याणपुरलगायत सिरहाको कमला छेउका सिरहा, बसपिटा, माडर, लक्ष्मीनिया, खिरौना, सुखचैनामा बाढीको जोखिम रहेको छ । यस्तै सनेठा, लगडी गदीयानी, औरही, इटाटार, हरकट्टी, बरियापट्टी, लहानमा खोला छेउका बस्ती अत्ति जोखिम रहेको छ ।


सम्बन्धित शीर्षकहरु

रूस–युक्रेन युद्धमा पहिलो पटक मानवरहित सैन्य प्रणालीमार्फत शत्रुको एक स्थान कब्जा गरिएको युक्रेनी राष्ट्रपति Volodymyr Zelenskyy ले बताएका छन्। उनका…

पाकिस्तानको इस्लामाबादमा अमेरिका र ईरानबीच भएको उच्चस्तरीय वार्ता प्रमुख विवादका विषयमा सहमति जुट्न नसक्दा सम्झौताविना समाप्त भएको छ। अमेरिकी उपराष्ट्रपति…

काठमाडौं, चैत २२ — पोर्चुगल सरकारले काठमाडौंमा आफ्नो कन्सुलर कार्यालय स्थापना गर्ने घोषणा गरेको छ। पोर्चुगलको विदेश मन्त्रालयले आधिकारिक सामाजिक…

प्रतिकृयाहरू
...