Thursday 15th January 2026

परीक्षा स्थगित भएको आक्रोशमा विद्यार्थीको प्रदर्शन


तिताेपाटी – एसईई अन्तर्गत शुक्रबार हुने समाजिक विषयको परीक्षा स्थगित भएको विरोधमा परीक्षार्थीहरुले जनकपुरमा प्रदर्शन गरेका छन् । प्रश्नपत्र परीक्षा पूर्व नै आउट भएपछि पूर्व निर्धारित शुक्रबार हुने अनिवार्य समाजिक विषयको रेगुलरतर्फको परीक्षा परीक्षा बोर्डले स्थगित गरेको छ ।

नियोजित रुपमा प्रश्नपत्र आउट गरेर परीक्षा स्थगित एवं रद्द गरी परीक्षार्थीलाई दुःख दिएको भन्दै आक्रोशित परीक्षार्थीले पीडारीचोकमा प्रदर्शन गर्नुको साथै केही सवारीसाधनमा तोडफोड समेत गरेका छन् ।

उनीहरुले पीडारीचोकमा टायर बालेर प्रदर्शन गर्न थालेपछि अहिले एकघण्टादेखि सडक अवरुद्ध भएको छ ।
अहिले पीडारीचोकको अवस्था तनावग्रस्त रहेको छ । विद्यार्थीको भविष्यसँग खेलबाड गरेको भन्दै जनकपुरको भानुचोकमा बिहान परीक्षार्थीहरुले प्रदर्शन गरेका छन् ।

सामाजिक विषयको प्रश्नपत्र बिहीबार नै बाहिरिएपछि अनिवार्य समाजिक विषयको रेगुलर तर्फको परीक्षा स्थगित गरेको छ ।

-उज्यालाेबाट साभार 


सम्बन्धित शीर्षकहरु

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ। पार्टीको हालै सम्पन्न महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन्।…

संयुक्त राज्य अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी (Immigrant) भिसा प्रक्रिया स्थगित गर्ने निर्णय गरेको छ। अमेरिकी विदेश मन्त्रालयले…

LOT – द भ्यालु शपले जनवरी १४, २०२६ मा द वाक मल कमर्सियल कम्प्लेक्स साल्मियामा अवस्थित आफ्नो दोस्रो आउटलेटको सफल…

प्रतिकृयाहरू
...