Friday 9th October 2026

परीक्षा स्थगित भएको आक्रोशमा विद्यार्थीको प्रदर्शन


तिताेपाटी – एसईई अन्तर्गत शुक्रबार हुने समाजिक विषयको परीक्षा स्थगित भएको विरोधमा परीक्षार्थीहरुले जनकपुरमा प्रदर्शन गरेका छन् । प्रश्नपत्र परीक्षा पूर्व नै आउट भएपछि पूर्व निर्धारित शुक्रबार हुने अनिवार्य समाजिक विषयको रेगुलरतर्फको परीक्षा परीक्षा बोर्डले स्थगित गरेको छ ।

नियोजित रुपमा प्रश्नपत्र आउट गरेर परीक्षा स्थगित एवं रद्द गरी परीक्षार्थीलाई दुःख दिएको भन्दै आक्रोशित परीक्षार्थीले पीडारीचोकमा प्रदर्शन गर्नुको साथै केही सवारीसाधनमा तोडफोड समेत गरेका छन् ।

उनीहरुले पीडारीचोकमा टायर बालेर प्रदर्शन गर्न थालेपछि अहिले एकघण्टादेखि सडक अवरुद्ध भएको छ ।
अहिले पीडारीचोकको अवस्था तनावग्रस्त रहेको छ । विद्यार्थीको भविष्यसँग खेलबाड गरेको भन्दै जनकपुरको भानुचोकमा बिहान परीक्षार्थीहरुले प्रदर्शन गरेका छन् ।

सामाजिक विषयको प्रश्नपत्र बिहीबार नै बाहिरिएपछि अनिवार्य समाजिक विषयको रेगुलर तर्फको परीक्षा स्थगित गरेको छ ।

-उज्यालाेबाट साभार 


सम्बन्धित शीर्षकहरु

र्वी युक्रेनको दोनेत्स्क क्षेत्रस्थित क्रामाटोर्स्क शहरमा बिहीबार भएको रुसी आक्रमणमा दुईवटा सार्वजनिक बसमा आगलागी हुँदा कम्तीमा ३३ जनाको मृत्यु भएको…

रियाद, २३ असोज। यमनका हुथी विद्रोहीले साउदी अरबको राजधानी रियादस्थित विमानस्थललाई लक्षित गरी क्षेप्यास्त्र आक्रमण गरेको दाबी गरेका छन्। उक्त…

भारत र इजरायलबीचको सम्बन्ध प्रधानमन्त्री नरेन्द्र मोदीको शासनकालमा उल्लेखनीय रूपमा नजिकिएको छ। सन् २०२३ अक्टोबर ७ मा हमासको आक्रमणपछि गाजामा…

प्रतिकृयाहरू
...