Sunday 28th June 2026

भारतीय मिडियामा रणबिर र अालियाको प्रेमको चर्चा


तितोपाटी – बलिउडका नया रियल कपल रणवीर कपुर र आलिया भट्टको प्रेमका विषयमा भारतीय मिडियाहरुले खोतलखातल गर्न छाडेका छैनन् । हालै एउटा मिडियाले रणवीरले आलियालाई कहाा, कहिले र कसरी प्रपोज गरेका थिए भन्नेसम्म खुलासा गरेको छ ।

मुम्बई मिररमा प्रकाशित समाचार अनुसार रणवीर र आलियाको प्रेम ठिक ६ महिना अगाडि सुरु भएको थियो । बुल्गेरियामा फिल्म ‘ब्रम्हास्त्र’ सुटिङ चलिरहादा यी दुईबीच प्रेम अंकुराएको हो । र, न्यू इयर इभमा रणवीरले आलियालाई प्रेम प्रस्ताव राखेका थिए । जसलाई आलियाले तत्काल स्वीकार गरेकी थिइन् ।

उक्त समाचारलाई पत्याउने हो भने रणवीरले प्रपोज गर्दा दिपिका पादुकोणसाग आफूले खेलेको फिल्म ‘ये जवानी है दिवानी’ को सिन नक्कल गरेका थिए ।

यी दुईको प्रेम अहिले निकै गहिराईमा पुगिसकेको छ । उनीहरु मिडियाबाट बच्ने प्रयास गर्न पनि छोडेका छन् । पछिल्लोपटक सोनम कपुरको बिहेमा उनीहरु जोडी बााधेर आएका थिए र खुलेर फोटोसेसन गरेका थिए ।

कपुर खान्दानले आलियालाई भावि बुहारीको रुपमा स्वीकारिसकेको बताइन्छ । रणवीरकी आमा नीतु कपुरले सामाजिक सञ्जालमा आलियाको पोष्टहरुलाई लाइक, कमेन्ट गर्ने गरेकी छन् । बाबु ऋषि कपुर पनि यो सम्वन्धमा खुशी छन् ।


सम्बन्धित शीर्षकहरु

चीनले मौसमी व्यापारका लागि तिब्बतको Taklakot (पुराङ/बुराङ) प्रवेश गर्न २१२ जना नेपाली व्यापारीलाई अनुमति दिएको छ। यो अनुमति विशेष गरी…

– आकर्षक छुट र प्रविधिसम्बन्धी अन्तरक्रियात्मक अनुभवहरू सहित लुलु हाइपरमार्केटले आफ्नो बहुप्रतीक्षित वार्षिक प्रविधि प्रवर्द्धन कार्यक्रम “लेट्स कनेक्ट” (मोटोरोला प्रायोजित)…

ट्राफिक प्रहरीले कालो सिसा (dark tinted glass) प्रयोग गर्ने सवारीसाधनमाथि देशव्यापी अभियान सञ्चालन गर्दै ५७ वटा सवारीसाधनलाई कारबाही गरेको छ।…

प्रतिकृयाहरू
...