Saturday 3rd October 2026

अन्तर्राष्ट्रिय कलाकार मञ्चले जुन १४ मा अतिथिगायक निशान भट्टराइलाइ कुवेत ल्याउने


प्रसाद तिम्सीना – अन्तर्राष्ट्रिय कलाकार मञ्च कुवेतले आगामी १२ अप्रिल २०१९ का दिन अायोजना गर्ने भनिएको “प्रथम बृहत् साँस्कृतिक कार्यक्रम – २०१९”  जुन १४ आयोजना गर्ने भएको छ । कार्यक्रमको लागि मञ्चले नेपालबाट नेपाल अाइडल सिजन एकका फाइनलिष्ट निशान भट्टराइलाइ कुवेत ल्याइ कुवेतवासी नेपालीहरूलाइ सांगितिक खुराँक पस्कने बताएको छ । मञ्चका अध्यक्ष साेम रराइलीले तितोपाटी डट कमलाइ सो कुराको जानकारी दिएका हुन् ।

“मौलिक कला र संस्कृतिको साथमा कलाकारको जगेर्ना गराैं “- जय कला जय कलाकार भन्ने मूल नारा लिएर स्थापना गरिएको अन्तर्राष्ट्रिय कलाकार मन्च कुवेतले कलाकारहरुकै हक हितका साथै आफ्नो कला प्रस्तुति अगाडी बढाउदै अन्तराष्ट्रिय स्तरसम्म नेपाली कला संस्कृतिको जगेर्ना गराउने उदेश्यले आफ्नो प्रथम बृहद साँस्कृतिक कार्यक्रम गर्न लागेको बताएको हो ।

मञ्चले अायोजना गर्न लागेको प्रथम वृहत साँस्कृतिक धमाका २०१९ को लागि मिति र कलाकार तोकिए पनि अहिले सम्म कार्यक्रम गर्ने स्थानको तय गरेको छैन भने उक्त मितिमा कुनै पनि संघ सँस्थाले  कार्यक्रम नजुधाइदिनुहुन अनुरोध गर्दै कार्यक्रममा उपस्थित गराइ कार्यक्रमलाइ भव्य र सभ्य रूपमा सफल बनाउन नेपाली राजदूतावास कुवेत, कुवेतमा कृयाशिला संघ सँस्था, पत्रकार, समाजसेवी वुद्धिजीवि, कलाकार, खेलाडी, गन्यमान्य लगायत कुवेलाइ कर्मथलो बनाएर बस्नुहुने सम्पुर्णलाइ निमन्त्रणा समेत गरेको छ ।


सम्बन्धित शीर्षकहरु

दुबईबाट इजरायलको तेल अभिभ जाँदै गरेको फ्लाइदुबईको उडानमा सहचालकले विमानको नियन्त्रण लिन खोजेको आरोप लागेको छ। संयुक्त अरब इमिरेट्स (यूएई)…

अमेरिकाले ताइवानलाई दुई वटा एफ–१६भी ब्लक ७० लडाकु विमान हस्तान्तरण गरेको छ। यी विमानहरू ताइवानको रक्षा क्षमता बढाउन र चीनबाट…

भारतको राजधानी नयाँ दिल्लीमा निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै विरोध प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूलाई रोक्न सरकारले कडा सुरक्षा…

प्रतिकृयाहरू
...