Tuesday 13th May 2025

मलेसियाको डब्लूआरपी कम्पनीका दुई हजार नेपाली श्रमिक तीन महिनादेखि तलब नपाएपछि आन्दोलित


तिताेपाटी — तीन महिनादेखि तलब नपाएपछि मलेसियाको डब्लूआरपी कम्पनीमा कार्यरत झन्डै दुई हजार नेपाली श्रमिक सोमबारबाट हड्तालमा उत्रिएका छन् ।

कम्पनीले एक महिनाको मात्रै तलब दिने बताएपछि उनीहरु रोकिएको पुरा तलबको माग गर्दै हड्तालमा उत्रिएका हुन् । ‘हामीले मंगलबार पनि बिहानदेखि नै काम रोकेर बसेका छौँ । तोडफोड नहोस् भनेर प्रहरीले हामीलाई घेरा हालेर राखेको छ’, खोटाङका ललित घलानले भने,‘नियमीत तलब नपाउँदा हामीलाई निकै समस्या भइरहेको छ ।’

डब्लूआरपी कम्पनीले हातमा लगाउने ग्लोब उत्पादन गर्छ । उत्पादिन ग्लोब अन्तर्राष्ट्रिय बजारमा जाने गरेको छ । श्रमिकले तलब नदिएर खानाको लागि टोकन कार्ड मात्रै उपलब्ध गराउदै आएको बताए ।

नेपाली जनप्रगतिशील मञ्चका पूर्व महासचिव अर्जुन सुवेदीले हड्तालमा उत्रिएका श्रमिकहरु कम्पनी परिसरमै रहेको बताए । उनले श्रमिक र दूतावासबिच समन्वय गरिरहेको बताए ।

श्रम काउन्सेलर बद्रीबहादुर कार्कीले श्रमिकको अवस्था बुझ्नका लागि श्रम सहचारीको नेतृत्वमा टोली पठाइएको बताए । दूतावासबाट हड्तालस्थल पुग्न झन्डै दुई घण्टा लाग्नेछ । ‘सकभर वार्ताबाटै समस्या समाधान गर्न प्रयासरत हुनेछौँ । वार्ता नमिलेमा कानुनी प्रक्रियामा जानेछौँ’, उनले भने ।

दूतावासले आवश्यकता अनुसार श्रम विभागसँग समेत समन्वय गर्ने जनाएको छ । ती श्रमिकहरुको जनवरी अघिबाट एकहजार रिंगेट न्यूनतम् तलब पाउथे । जनवरीबाट भने ११ सय रिंगेट लागू भएको कान्तिपुरमा समाचार छ ।

सम्बन्धित शीर्षकहरु

दिनहुँको सैन्य वृद्धि, सीमापार घातक आक्रमण, आरोप-प्रत्यारोप र प्रति-आरोपपछि भारत र पाकिस्तानले तत्काल युद्धविराम गर्न सहमत भएका छन्। सन् १९४७…

एजेन्सी -पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफले आणविक र क्षेप्यास्त्र नीतिबारे निर्णय गर्नका लागि देशको सर्वोच्च निकायको बैठक बोलाएका छन्। ‘प्रधानमन्त्रीले राष्ट्रिय…

पाल्पा र गुल्मीको संगमस्थल रुरु क्षेत्र धाममा पहिलो पटक शालिग्राम महोत्सव गरिएको छ। कालीगण्डकीमा पाइने शालिग्रामको प्रचारप्रसार गर्ने उद्देश्यले शुक्रबारदेखि…

प्रतिकृयाहरू
...