Friday 26th September 2025

पाँचथरमा ६ वर्षीय बालिका बलात्कृत


तीतोपाटी-पाँचथरमा जिल्लाको कुम्मायक गाउँपालिकामा एक बालिका बलात्कृत भएकी छन्। शुक्रवार राती कुम्मायक गाउँपालिका–२ की ६ वर्षीय बालिका बलात्कृत भएकी हुन्। बालिकाका आफन्तहरु विहेमा सहभागि भएकाे माैका छाेपी साेही गाँउपालिका–१ यासोक घरभई हाल माङझाबुङमा बस्दै आएका २१ वर्षीय आन्तरे भनिने एकल लावतीले बलात्कार गरेरको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिल पौडेलले जानकारी दिए।

बलात्कारीले मादक पदार्थ सेवन गरेकाे पाइएकाे प्रहरीले बताएकाे.छ। लावतीलाई प्रहरीले शुक्रवार राती नै पक्राउ गरेको पाैडेलले जानकारी दिए। पीडित बालिकाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।


सम्बन्धित शीर्षकहरु

लन्डन: प्रमुख पश्चिमी राष्ट्रहरूले प्यालेस्टाइन राज्यलाई आधिकारिक मान्यता दिएमा गाजामा युद्ध अन्त्य गर्न मद्दत पुग्न सक्छ र यो हमासको लागि…

अफगानिस्तानका एक १३ वर्षीय किशोर विमानको पाङ्ग्रा राख्ने ठाउँ (विमानको पाङ्ग्रा राख्ने ठाउँ) मा लुकेर काबुलबाट दिल्ली पुगेको एक अचम्मलाग्दो…

काठमाडौं: पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा रहेको नेपालको अन्तरिम सरकारले यस महिना भएको भ्रष्टाचार विरोधी प्रदर्शनका क्रममा भएको हिंसाको छानबिन…

प्रतिकृयाहरू
...