Sunday 25th October 2026

रवि लामिछानेले चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पाैडेलसँग अदालती विवाह गरे


तितोपाटी – चर्चित सञ्चारकर्मी रवि लामिछाने र चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले अदालती विवाह गरेका छन्। उनीहरूबीच सोमबार दिउसो काठमाडौं जिल्ला अदालतमा कानुनी विवाह सम्पन्न भएको हो।

रविले ‘व्यक्तिगत जीवनले नयाँ मोड लिएको’ भन्दै ‘एक अर्काका परिवार, आफन्त र नातागोताको छलफल र अनुमतिमा विवाह गरेको’ उल्लेख गरे। यति चाँडो विवाह गर्ने सोच नभए पनि आफूहरूबारे चलेका चर्चाले चाँडो भएको उनले फेसबुकमा लेखेका छन्। ”यो निर्णय यति छिटो गर्ने योजना नै थिएन। तर हामी दुबैप्रति जसरी मानसिक यातना नै हुने गरी अनवरत समाचार र खोजबीन चल्यो त्यसले हामीलाई एक अर्काको निकै खाँचो पर्‍यो’, उनले फेसबुकमा भनेका छन्।

उनले परम्परागत रुपमा आउँदो बैशाखमा विवाह गर्ने लेखेका छन्। ‘यो हाम्रो नितान्त व्यक्तिगत जीवन हो। कसैको चर्चा, आलोचना, सुझाव, ब्याख्यामा हामी अटेनौ भने हामीलाई माफ गर्नु होला। हाम्रो भोगाई र तपाईंको सोचाइ नमिल्न सक्छ। हामी दुबैजना यो निर्णयबाट एकदमै खुसी छौँ। र, हामी सबैबाट हाम्रो सुखद दाम्पत्य जीवनकालागि शुभ कामना मात्र चाहन्छौँ।’

रवि र निकिता दुबै डिभोर्सी हुन्। रविले केही समयअघि २५ वर्ष लामो वैवाहिक जीवन टुंग्याएका थिए। निकिताको ७ वर्ष पहिले नै डिभोर्स भएको थियो।

रवि केही समयदेखि पत्नीसँगको डिभोर्स र निकितासँगको सम्बन्धका विषयलाई लिएर सोसल मिडियामा ‘हट टपिक’ बनेका थिए।


सम्बन्धित शीर्षकहरु

युक्रेनमा स्टारलिङ्क इन्टरनेट सेवासम्बन्धी विवाद चर्किएका बेला स्पेसएक्सका प्रमुख इलोन मस्कले युक्रेनले सेवाको प्रयोगसम्बन्धी नियम उल्लंघन गरेको आरोप लगाएका छन्।…

भेनेजुएलाकी विपक्षी नेतृ तथा नोबेल शान्ति पुरस्कार विजेता मारिया कोरिना माचाडो १० महिनाभन्दा बढी समयको निर्वासनपछि स्वदेश फर्किएकी छन्। उनले…

धनकुटा, उदयपुर र भोजपुर जिल्लाको संगमस्थल त्रिवेणीस्थित सप्तकोसी नदीमा आइतबार भएको मोटरबोट दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने चार…

प्रतिकृयाहरू
...