Thursday 30th April 2026

सलमानको हत्या गर्न खोज्ने पक्राउ


तितोपाटी – बलिउड अभिनेता सलमान खानको हत्याको योजनामा रहेका मोस्ट वान्टेड डन सम्पत नेहरालाई भारतीय प्रहरीले पक्राउ गरेको छ । हरियाणा प्रहरीको विशेष कार्यदलले हैदराबादबाट उनलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार सम्पत नेहराले सलमान खानका प्रत्यक गतिविधिहरुलाई निगरानी गरिरहेका थिए । सलमानलाई मार्ने योजनाअुनसार मुम्बई गएर उनले सलमानले आउजाउ गर्ने स्थानदेखि लिएर उनका ‘बडी गार्ड’ का बारेमा पनि जानकारी लिइसकेका थिए ।

सम्पत नेहरा त्इही लरेन्स विश्नोई समुहका लागि काम गर्छन् जसले यसै वर्ष जनवरीमा सलमानलाई कालो हरिण प्रकरणमा ज्यान मार्ने धम्की दिएको थियो । लरेन्स विश्नोई एउटा खतरनाक गिरोह हो । यो सामाजिक सञ्जालमा पनि निकै सक्रिय छ । गिरोहका सदस्य नेहरामाथि हत्या, अपहरण, र सुपारी लिएर हत्या गरिएका दुई दर्जनभन्दा बढि अभियोग छन् ।

नेहराका आगामी निशाना सलमान खान थिए । यसैका लागि उनले सलमानको घरको रेकी गरेका थिए । सलमानलाई मारेर विदेश भाग्ने उनको तयारी थियो । कालो हरिण प्रकरणकै कारण सलमानको हत्या गर्ने षडयन्त्र रचिएको हो ।


सम्बन्धित शीर्षकहरु

विश्वको प्रमुख तेल उत्पादक राष्ट्र संयुक्त अरब इमिरेट्स (यूएई)ले आगामी मे १ देखि ‘ओपेक’ र ‘ओपेक प्लस’ दुवै संगठनबाट बाहिरिने…

जेनजी मुभमेन्ट नेपालले राष्ट्रपति रामचन्द्र पौडेललाई पत्र पठाउँदै प्रस्तुत अध्यादेश अस्वीकृत गर्न आग्रह गरेको छ। मुभमेन्टका प्रवक्ता विजय शाहले राष्ट्रपति…

तितोपाटी-  नेपाली कांग्रेसका एक समूहले  धुम्बाराहीको स्मार्ट होटलमा भेला आयोजना गर्यो । देउवा पक्षीय नेताको उक्त  भेलामा समसामयिक घटनाक्रमको ब्रिफिङ…

प्रतिकृयाहरू
...