Thursday 2nd July 2026

अन्तरिक्ष अभियानमा वर्ष २०१९ को शुरूवात मै नयाँ सफलता


तितोपाटी – नयाँ वर्ष २०१९ को पहिलो दिनमै अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका दुई यानले ऐतिहासिक महत्वको कार्य सम्पन्न गरेका छन् । एक यानले सबैभन्दा सानो क्षुद्रग्रहको कक्षमा प्रवेश गर्न सफलता प्राप्त गरेको छ भने अर्को यानले सबैभन्दा टाढा रहेको अब्जेक्ट नजिक पुग्न सफल भएको छ । त्यसैगरी जनवरी ३ मा चन्द्रमाको डार्क साइडमा चीनको अन्तरिक्ष यान प्रवेश गरेको छ । यसबाट यो वर्षको प्रारम्भमै अन्तरिक्ष अभियानमा उल्लेखनीय सफलताका संकेत देखिएका छन् ।

सानो क्षुद्रग्रहमा नासाको यान

पृथ्वीबाट लगभग ११ करोड किलोमिटर टाढा रहेको क्षुद्रग्रह बेनु अन्तरिक्षकै सबैभन्दा सानो अब्जेक्ट मानिन्छ । यही क्षुद्रग्रहको अध्ययन गरिरहेको नासाको अन्तरिक्ष यान ओएसआईआरआईएस–आरईएक्स सफलतापूर्वक यसको कक्षमा प्रवेश गरेको छ । यसभन्दा पहिले गत नोभेम्बरमा यही यानले त्यहाँ पानी भएको प्रमाण पृथ्वीमा पठाएको थियो । उक्त यानले आगामी दिनमा अन्य विभिन्न अध्ययन गर्ने बताइएको छ ।

अल्टिमा थुलेमा न्यू होराइजन

नासाको अन्तरिक्ष यान न्यू होराइजनले अल्टिमा थुले नामक अन्तरिक्षमा सबैभन्दा टाढा रहेको वस्तुसम्म पहिलो उडान गरेको छ । अल्टिमा थुलेदेखि ३ हजार ५ सय किलोमिटरको दूरीसम्म न्यू होराइजनले उडान भरेको हो । सौर्य मण्डलभन्दा बाहिरको कुनै वस्तुलाई यति धेरै नजिकबाट अवलोकन गर्न सम्भव भएको यो पहिलो पटक हो । नासाका अनुसार अल्टिमा थुले सबैभन्दा प्राचीन अर्थात ४ अर्ब ६० करोड वर्ष पुरानो अब्जेक्ट हो र यो प्लुटोभन्दा सय गुना सानो छ ।

डार्क साइडमा अन्तरिक्ष यान

चीनले चन्द्रमाको नदेखिने भाग अर्थात डार्क साइडमा पहिलो पटक अन्तरिक्ष यान पठाएर नयाँ सफलता हात पारेको छ । चन्द्रमाको उक्त भागका बारेमा हालसम्म केही जानकारी प्राप्त भएको थिएन । यसलाई चन्द्रमाको अँध्यारो हिस्सा अर्थात डार्क साइड पनि भनिन्छ । चीनद्वारा प्रक्षेपित चाङ ई ४ का साथमा एक रोभर अर्थात स्पेस एक्सप्लोरेसन भेइकल पनि छ । यसले उक्त हिस्साको संरचना र त्यहाँ उपलब्ध खनिज पनि पत्ता लगाउने छ । गत डिसेम्बर ८ मा उक्त यान चन्द्रमाका लागि प्रक्षेपण गरिएको थियो ।

चीनले २०१३ मा चाङ ई ३ चन्द्रमामा पठाएको थियो । सन् १९७६ मा सोभियत संघले लुना २४ पठाएपश्चात पहिलो पटक चन्द्रमामा उत्रिएको पहिलो स्पेसक्राफ्ट नै त्यही थियो । त्यसपछि बल्ल चीनको नयाँ अन्तरिक्ष यान फेरि चन्द्रमाको अध्ययनका लागि पुगेको छ । यसले अन्तरिक्ष अभियानमा चीनको बढ्दो महत्वाकांक्षालाई दर्साउँछ ।

-साप्ताहिकबाट


सम्बन्धित शीर्षकहरु

United Arab Emirates ले आफ्नो इतिहासमै पहिलोपटक यात्रुवाहक रेल सेवा सञ्चालनमा ल्याएको छ। यससँगै देशको यातायात पूर्वाधारमा एउटा ऐतिहासिक उपलब्धि…

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले दक्षिणी लेबनानमा तैनाथ इजरायली सैनिकहरूको भ्रमणका क्रममा इजरायल र लेबनानले एकअर्कालाई सार्वभौम राष्ट्रका रूपमा स्वीकार गरेको…

जर्मनीको उत्तरी शहर स्टाडेमा रहेको हेरचाह केन्द्रमा सोमबार भएको गोलीकाण्डमा कम्तीमा ६ जनाको मृत्यु भएको छ भने केही घाइते भएका…

प्रतिकृयाहरू
...