Friday 9th October 2026

विराटनगरमा मोवाइलको ब्याट्री पड्किंदा ७ वर्षीय बालकको मृत्यु


तितोपाटी – विराटनगर महानगरपालिका-१५ रामजानकी चोकमा मोवाइलको ब्याट्री पड्किंदा एक बालकको मृत्यु भएको छ । शुक्रबार दिउँसो आगो ताप्ने क्रममा व्याट्री बिस्फोट हुँदा स्थानीय सुवास मण्डलका ७ वर्षीय छोरा अमित मण्डलको मृत्यु भएको हो । बिस्फोटमा स्थानीय राजेश मण्डलकी ६ वर्षीया छोरी राधिकाकुमारी मण्डल गम्भीर घाइते भएकी छिन् ।

निर्माणाधीन घरमा आगो बाली खेल्ने क्रममा बिस्फोट हुँदा घाइते भएका बालकको उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।

आगो बलेको ठाउँमा पुरानो मोवाइलको ब्याट्री रहेको र सोही ब्याट्री पड्किएको हुनसक्ने प्रहरीले बताएको छ । घाइते भएकी बालिकाको भने विराटनगर आँखा अस्प्तालमा उपचार भइरहेको छ ।


सम्बन्धित शीर्षकहरु

दक्षिण अफ्रिकाका जोहानेसबर्ग नजिकको सोवेटो र पूर्वी तटीय सहर डरबनमा आप्रवासनविरोधी प्रदर्शन हिंसात्मक बनेपछि कम्तीमा २४ वटा सवारीसाधनमा आगजनी गरिएको…

र्वी युक्रेनको दोनेत्स्क क्षेत्रस्थित क्रामाटोर्स्क शहरमा बिहीबार भएको रुसी आक्रमणमा दुईवटा सार्वजनिक बसमा आगलागी हुँदा कम्तीमा ३३ जनाको मृत्यु भएको…

रियाद, २३ असोज। यमनका हुथी विद्रोहीले साउदी अरबको राजधानी रियादस्थित विमानस्थललाई लक्षित गरी क्षेप्यास्त्र आक्रमण गरेको दाबी गरेका छन्। उक्त…

प्रतिकृयाहरू
...