Tuesday 27th October 2026

दक्षिणी लेबनानमा इजरायली हवाई आक्रमण, बालबालिकासहित ११ जनाको ज्यान गयो


दक्षिणी लेबनानमा इजरायलले गरेको हवाई आक्रमणमा कम्तीमा ११ जनाको मृत्यु भएको छ। ज्यान गुमाउनेहरूमा दुई बालबालिका र दुई स्वास्थ्यकर्मी पनि रहेका छन्।

स्थानीय सञ्चारमाध्यमका अनुसार कफार रेमान क्षेत्रमा रहेको एक आवासीय भवनमा आक्रमण हुँदा नौ जनाको ज्यान गएको हो। अर्को ड्रोन आक्रमणमा गाडीमा सवार दुई स्वास्थ्यकर्मीको पनि मृत्यु भएको बताइएको छ।

इजरायली सेनाले भने हिजबुल्लाहसँग सम्बन्धित स्थानलाई निशाना बनाइएको दाबी गरेको छ।

जुन महिनामा अमेरिका मध्यस्थतामा भएको सहमतिपछि हिंसा केही कम भएको थियो। तर पछिल्ला दिनहरूमा फेरि आक्रमण बढ्न थालेपछि स्थानीय बासिन्दामा त्रास फैलिएको छ।

निरन्तर आक्रमणका कारण घरहरूमा क्षति पुगेको छ भने धेरै परिवार असुरक्षित महसुस गरिरहेका छन्। उद्धार टोलीहरू प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यमा खटिएका छन्।


सम्बन्धित शीर्षकहरु

बंगालको खाडीमा विकसित भएको चक्रवाती तूफान ‘अर्नब’ को प्रभावका कारण श्रीलंकामा लगातार भारी वर्षा, बाढी र पहिरोको जोखिम बढेपछि सरकारले…

अध्यागमन विभागले उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले केही दिनका लागि त्यस्ता क्षेत्रमा…

काठमाडौँ । साउदी अरब नेपाली श्रमिकका प्रमुख वैदेशिक रोजगारी गन्तव्यहरूमध्ये एक हो। विभिन्न अनुमानमा त्यहाँ झन्डै चार लाख नेपाली कार्यरत…

प्रतिकृयाहरू
...