Tuesday 27th October 2026

विश्व चुनौतीबीच चीन, रुस र भारत एकै मञ्चमा


किर्गिस्तानको राजधानी बिश्केकमा आयोजित शाङ्घाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा चीनका राष्ट्रपति सी चिनफिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सहभागी भएका छन्।

सम्मेलनका क्रममा राष्ट्रपति पुटिनले सी चिनफिङ र मोदीसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन्। भेटमा व्यापार, आर्थिक सहकार्य, क्षेत्रीय सुरक्षा र आपसी सम्बन्धलाई अझ मजबुत बनाउने विषयमा छलफल भएको बताइएको छ।

रुसले चीनसँगको सहकार्य अझ विस्तार गर्न चाहेको जनाएको छ भने भारतसँगको सम्बन्ध पनि थप बलियो बन्दै गएको पुटिनले बताएका छन्।

सम्मेलनमा इरानसहित अन्य सदस्य राष्ट्रका नेताहरू पनि सहभागी छन्। विश्वमा बढ्दो तनाव र चुनौतीबीच एससीओ सदस्य राष्ट्रहरूले आपसी सहयोग र सहकार्य बढाउने विषयमा जोड दिएका छन्।


सम्बन्धित शीर्षकहरु

बंगालको खाडीमा विकसित भएको चक्रवाती तूफान ‘अर्नब’ को प्रभावका कारण श्रीलंकामा लगातार भारी वर्षा, बाढी र पहिरोको जोखिम बढेपछि सरकारले…

अध्यागमन विभागले उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले केही दिनका लागि त्यस्ता क्षेत्रमा…

काठमाडौँ । साउदी अरब नेपाली श्रमिकका प्रमुख वैदेशिक रोजगारी गन्तव्यहरूमध्ये एक हो। विभिन्न अनुमानमा त्यहाँ झन्डै चार लाख नेपाली कार्यरत…

प्रतिकृयाहरू
...