Saturday 3rd October 2026

विश्व चुनौतीबीच चीन, रुस र भारत एकै मञ्चमा


किर्गिस्तानको राजधानी बिश्केकमा आयोजित शाङ्घाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा चीनका राष्ट्रपति सी चिनफिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सहभागी भएका छन्।

सम्मेलनका क्रममा राष्ट्रपति पुटिनले सी चिनफिङ र मोदीसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन्। भेटमा व्यापार, आर्थिक सहकार्य, क्षेत्रीय सुरक्षा र आपसी सम्बन्धलाई अझ मजबुत बनाउने विषयमा छलफल भएको बताइएको छ।

रुसले चीनसँगको सहकार्य अझ विस्तार गर्न चाहेको जनाएको छ भने भारतसँगको सम्बन्ध पनि थप बलियो बन्दै गएको पुटिनले बताएका छन्।

सम्मेलनमा इरानसहित अन्य सदस्य राष्ट्रका नेताहरू पनि सहभागी छन्। विश्वमा बढ्दो तनाव र चुनौतीबीच एससीओ सदस्य राष्ट्रहरूले आपसी सहयोग र सहकार्य बढाउने विषयमा जोड दिएका छन्।


सम्बन्धित शीर्षकहरु

दुबईबाट इजरायलको तेल अभिभ जाँदै गरेको फ्लाइदुबईको उडानमा सहचालकले विमानको नियन्त्रण लिन खोजेको आरोप लागेको छ। संयुक्त अरब इमिरेट्स (यूएई)…

अमेरिकाले ताइवानलाई दुई वटा एफ–१६भी ब्लक ७० लडाकु विमान हस्तान्तरण गरेको छ। यी विमानहरू ताइवानको रक्षा क्षमता बढाउन र चीनबाट…

भारतको राजधानी नयाँ दिल्लीमा निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै विरोध प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूलाई रोक्न सरकारले कडा सुरक्षा…

प्रतिकृयाहरू
...