Tuesday 27th October 2026

एससीओ सम्मेलनमा सी र पुटिनको भेटवार्ता


किर्गिस्तानमा आयोजित एससीओ (शाङ्घाई सहयोग संगठन) शिखर सम्मेलनको क्रममा चीनका राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेटवार्ता भएको छ। भेटमा दुवै नेताले चीन र रुसबीचको सम्बन्ध अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

राष्ट्रपति सीले विश्वमा अनिश्चितता बढिरहेका बेला पनि चीन र रुसबीचको सम्बन्ध बलियो बन्दै गएको बताएका छन्। उनले आर्थिक, व्यापारिक र अन्य क्षेत्रमा सहकार्य अझ बढाउने इच्छा व्यक्त गरे।

राष्ट्रपति पुटिनले पनि चीनसँगको सहयोग सफलतापूर्वक अगाडि बढिरहेको बताए। दुवै नेताले आपसी विश्वास र सहकार्यलाई निरन्तरता दिने सहमति गरेका छन्।

एससीओ शिखर सम्मेलनमा भारत, पाकिस्तान, इरान लगायतका देशका नेताहरू पनि सहभागी छन्। सम्मेलनमा क्षेत्रीय सुरक्षा, आर्थिक सहकार्य र अन्तर्राष्ट्रिय विषयमा छलफल भइरहेको छ।


सम्बन्धित शीर्षकहरु

बंगालको खाडीमा विकसित भएको चक्रवाती तूफान ‘अर्नब’ को प्रभावका कारण श्रीलंकामा लगातार भारी वर्षा, बाढी र पहिरोको जोखिम बढेपछि सरकारले…

अध्यागमन विभागले उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले केही दिनका लागि त्यस्ता क्षेत्रमा…

काठमाडौँ । साउदी अरब नेपाली श्रमिकका प्रमुख वैदेशिक रोजगारी गन्तव्यहरूमध्ये एक हो। विभिन्न अनुमानमा त्यहाँ झन्डै चार लाख नेपाली कार्यरत…

प्रतिकृयाहरू
...